logo

पुरुषत्व बिक्रि हुने देश थाइल्याण्ड

एमजे.पाण्डे

    3469   पटक पढिएको

३१ जेठ/ अर्थ र व्यापार- महिला बेचिएको खबरले धेरै मुलुकबाट निस्कने अखबारमा स्थान पाएका छन् पैसाकै लागि केही महिलाले अस्मिता बिक्री गरेको धेरैले सुनेका होलान् । तर एसियाली मुलुक थाइल्यान्डको पूर्वी तटीय सहर पतयाको व्यस्त सडकमा अहिले धमाधम पुरुषत्व बिक्री भइरहेको छ । 

थाइल्यान्ड सरकारले यौन पर्यटनलाई मुलुकको अर्थतन्त्रको प्रमुख स्रोतका रुपमा विस्तार गर्दै आएको लामो समयपछि यहाँ पुरुषत्व बिक्री हुन थालेको हो । मुलुकको राष्ट्रिय आयको ४० प्रतिशत हिस्सा ओगट्न सफल यस व्यवसायमा अहिले एक पटकमा ६ देखि ८ सय भाटमा पुरुषत्व बिक्री हुन्छ । विभिन्न मुलुकबाट आउने महिला पर्यटकलाई यौन पर्यटनको माध्यमबाट थप मनोराजन दिनका लागि साचालित यस व्यवसायले अहिले ज्यान परेका तन्नेरीहरुलाई रोजगारको अवसर बढाइदिएको छ 
सोही क्षेत्रमा महिला भने जम्मा २ देखि ६ सय भाटमा पुरुषलाई सेवा दिन्छन् । मसाज एवं यौन पर्यटनका लागि लोकप्रियता कमाइसकेको थाइल्यान्डका अधिकांश सहरमा महिला यौनकर्मीले एक पटकमा प्रतिग्राहक दुई सयदेखि बढीमा ६ सय भाट लिन्छन् भने पुरुषले त्यसको दोब्बर ६ सयभन्दा बढी आम्दानी गर्दै आइरहेका छन् । थाइल्यान्डको राजधानी बैंककदेखि ४५ किमी पूर्वको तटीय सहर पतयाको एक व्यस्त सडकका विविध थरिका पसलहरुको पंक्तिमा सिसाको बारभित्र झट्ट हेर्दा फेसन बुटिक जस्तै लाग्ने एउटा सजावटले भरिएको घर छ । सो घरभित्र पस्ने क्रममा ढोकाको माथिल्लो भागमा देखिन्छ ुसर्भिस वर्कस इन गु्रपु जसको छोटकरी नाम हो स्विङ । यहाँका अधिकांश भागमा देखिने महिला र पुरुष यौनकर्मीहरुले साचालन गरेको व्यावसायिक कार्यस्थलको अर्को नाम हो हेल्थ ल्यान्ड स्पा एन्ड मसाज । 

सिसाको घरभित्र पस्नासाथ केही चुलबुले हँसिला र फुर्तिला युवाहरु बसिरहेको कुर्सीबाट उठी दुवै हात जोडी आधा टाउको झुकाएर स्वागत गरिहाल्छन् । त्यसपछि पाँचतला माथिसम्म घुमाएर सोही घरबाट साचालित विविध गतिविधिका बारेमा बेलिविस्तार लगाउन थाल्छन् उनीहरु स्थानीय थाई र नजािनंदो अंग्रेजी भाषामा । सो घर थाइल्यान्डमा विगत केही वर्षअघि स्थापना भएको पुरुष यौनकर्मीहरुको साझा संस्था स्विङको पतया शाखा कार्यालय हो । यसका अन्य दुई कार्यालय थाइल्यान्डको राजधानी बैंकक र अर्को सामुई सहरमा साचालन भइरहेको उनीहरु बताउँछन् । जसका कारण अहिले यहाँ पुरुषहरु ग्राहक बन्छन् भन्ने सोचाइ पुरानो भइसकेको छ । 


थाइल्यान्डको यौन उद्योगमा महिलाले भन्दा पुरुषले राम्रो आम्दानी गर्न थालेको देखिन्छ । थाइल्यान्डमा देह व्यापारको इतिहास दशकौं पुरानो भए पनि विगत केही वर्षअघिसम्म यहाँको यौन व्यवसायमा पुरुषको संख्या नगण्य मात्र हुन सक्ने ठानेर व्यवसायीको सुरक्षामा सहयोग पुर् याउने संस्थाहरु पनि अधिकांश महिलाकै सुरक्षार्थ मात्र साचालित थिए । पूर्वी एसियाकै रमणीय मुलुक थाइल्यान्ड जब संसारकै एक प्रमुख यौन पर्यटन गन्तव्यका रुपमा परिचित बन्दै गयो तब एसियाका अन्य मुलुक र युरोपेली देशहरुबाट यहाँ यौन आनन्द दिन आउने पाहुनाको संख्या दैनिक रुपमा बढ्दै गइरहेको छ । अहिले नेपाल जस्तो अल्प विकसित मुलुकबाट समेत वार्षिक हजारौं युवायुवती थाइल्यान्डको यौन पर्यटनको मज्जा लिन पुगिरहेका छन् । यसले सोझै अनुमान गर्न सकिन्छ अझै यहाँ साचालित यौन व्यवसाय थप विस्तारको क्रममा छ । 

एक्लै घुम्न आउने महिला पर्यटकको आँखा विपरीत िलंगीतर्फ तानिन थालेपछि थाई युवाहरु पनि राम्रो मूल्यमा बिकाउ हुन थालेको यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् । जसका कारण अहिले यहाँको यौन पर्यटनमा पहिलेको भन्दा निकै परिवर्तन आइसकेको उनीहरुको दाबी छ । 

विगत तीन दशकदेखि पतयामा मनि एक्स्चेन्जको व्यवसाय साचालन गर्दै आएका स्पिड मनी एक्स्चेन्जका प्रबन्ध निर्देशक क्योन्जङ जरावातले याइल्यान्डको यौन उद्योगमा महिला यौनकर्मीका अनेकौं संघ÷संस्था भएजस्तै पुरुष यौनकर्मीलाई आवश्यक सम्पूर्ण सेवा–सुविधा स्विङले उपलब्ध गराउँदै आएको बताए । 

पुरुष यौनकर्मीलाई एचआईभी र अन्य यौनरोगको संक्रमणबाट जोगाई आवश्यक परामर्श र हेरचाहको व्यवस्था मिलाउने उद्देश्यले सन् २००४ सेप्टेम्बरमा साचालनमा आएको स्विङ संस्था अहिले थाई यौनकर्मी पुरुषहरुको साझा चौतारी बनेको छ । स्विङको स्थापनाले पुरुष यौनकर्मीले भोग्नुपरेका अनेकौं समस्यामा सहयोग गरिदिएको जानकारी गराउँदै उनले अहिले दैनिक रुपले बढ्दै गरेका पुरुष यौनकर्मीको मागले यहाँका स्थानीय युवालाई जीविकोपार्जनको नयाँ अवसर जुटाइदिएको बताए । जसका कारण अहिले स्विङमा आबद्ध हुने स्थानीय युवाहरुको संख्या तीव्र भइरहेको उनको भनाइ छ । 

उनीहरुलाई आफ्ना विशेष आवश्यकता अनुसारको अलग्गै स्वाथ्य सेवा सरसल्लाह एवं सहयोगको खाँचो महसुस हुन्थ्यो । यसअघि महिला यौनकर्मीका लागि खुलेका सेवाप्रदायक संस्थाहरुमा पुगेर आवश्यक सेवा माग्नुबाहेक अन्य विकल्प उनीहरुमा नभएको जानकारी गराउँदै क्योन्जङले भने त्यसबाट उनीहरुमा सन्तुष्टिभन्दा बढी पीडा खपेर बस्नुपर्ने बाध्यता थियो । आफूलाई आवश्यक सेवा र सल्लाह महिला यौनकर्मीका संस्थामा माग्न जान अप्ठुरो लाग्ने र मागिहाले पनि चाहेजति नपाइने अवस्थाले यस संस्था साचालनमा आएको स्विङका सदस्य स्याङ्चीले बताए । 

स्विङका संस्थापक सदस्य स्याङ्चीका अनुसार यौनकर्मीहरुको शिक्षा स्वाथ्य परामर्श एवं हेरचाहमा २० वर्ष बिताएकी स्वयंसेविका सुराङ जन्यामले पुरुष यौनकर्मीको समस्या बुझेर छुट्टै संंस्था खोलेकी थिइन् । उनले थाई यौनकर्मीका अधिकार रक्षा गरेबापत स्विङका संस्थापक सुराङ गत वर्ष राष्ट्रिय मानव अधिकार पुरस्कारबाट सम्मानित भएको बताए । कार्यालय स्थापनाको छोटो अवधिमै स्विङले थाइल्यान्डको राजधानी बैंकक पतया र सामुई सहरमा कार्यालय साचालन गरेर १०औं हजार यौनकर्मीमाझ काम गर्न थाल्नुलाई थाईहरु आफ्नो मुलुकको यौन उद्योगमा पुरुष योगदानको राम्रो पकड भएको र व्यवसाय थप फराकिलो बन्दै गएको बताउँछन् । 
पतयाको व्यस्त सडकको मुख्य चोकमा आकर्षक ढंगले सजाएर राखिएका सिसाको घरमा भेटिएका स्विङका स्थानीय महाप्रबन्धक कोङले राजधानीसँग भने ुअहिले पतया शाखामा मात्र करिब साढे चार हजारभन्दा बढी पुरुष यौनकर्मी स्विङको सदस्य भइसकेका छन् ।ु यो संख्या अझै बढ्दो क्रममा रहेको उनको भनाइ छ । पतयामा मात्र करिब सात हजार पुरुष यौनकर्मी हुन सक्ने अनुमान गर्दै उनले हाल स्विङको सम्पर्कमा आउनेको संख्या करिब ६ हजार नाघेको बताए । यस संस्थाले महिला पर्यटकलाई राम्रो मनोराजन प्रदान गरेको जानकारी गराउँदै कोङले भने हाम्रो सम्पर्कमा नरहेका पनि हजारौं हुन सक्छन् सबैलाई सदस्य बनाउन नसकिए पनि उनीहरु सबैलाई सेवा दिएर एकै ठाउँमा समेट्ने लक्ष्य संस्थाको छ ।

विगत दुई वर्षदेखि स्विङमा आबद्ध पुरुष यौनकर्मी फुलिङले भने ुसबै यौनकर्मी संगठित भएपछि हामीलाई व्यवसाय साचालन गर्न निकै सजिलो भएको छ ।ु यस संस्थामा लागेर यहाँका युवाहरुलाई अंग्रेजी भाषा सिकाएर ग्राहकसँग स्पष्ट्रसँग बोल्न सक्ने बनाइदिएको उनको भनाइ छ । उनको अनुभवमा बोल्न जान्ने पुरुष यौनकर्मीले एउटा ग्राहकबाट करिब एक हजार भाट पैसा पाउने जानकारी गराउँदै उनले यो मूल्य महिला यौनकर्मीको औसत प्रतिग्राहक कमाइभन्दा दोब्बर बढी भएको बताए । जसको कारणबारे जिज्ञाशा राख्दा विनासंकोच उनले भने ुहाम्रा ग्राहक महिला हुने भएकाले पुरुष ग्राहकप्रति समर्पित हुने महिला यौनकर्मीले भन्दा बढी सक्रियता र शारीरिक सामथ्र्य गर्नुपर्छ त्यसैले महिला यौनकर्मीको तुलनामा पुरुषको मूल्य बढी हुनु स्वाभाविक हो ।ु महिलालाई आनन्दपूर्वक यौन सन्तुष्टि दिने क्रममा पुरुषले धेरै इनर्जी खर्च गर्नुपर्ने हुन्छ । शरीर आलस्य हुन्छ । पौष्टिक आहार बढी खानुपर्छ । नत्र ग्राहकको चाहनाअनुरुप सन्तुष्टि दिनै नसकिने उनी बताउँछन् । 

पतयाको एउटा सडकमा करिब दुई दर्जन पुरुष यौनकर्मीलाई भाषा सिकाइरहेका स्विङका स्वयंसेवी प्रशिक्षक अहुकोङले संस्थाको सम्पर्कमा रहेका अधिकांश यौनकर्मी पुरुषहरु उत्तरी थाइल्यान्डका विकट ग्रामीण बस्तीबाट आएको बताए । उनीहरुमध्ये धेरैले विद्यालय जाने अवसर पाएनन् । स्कुले शिक्षा पूरा गरेकाहरुको पनि अंग्रेजी भाषा कमजोर छ । त्यसैले उनीहरुलाई ग्राहकसँग नजिकिन र गहिरिएर गफ गर्न निकै कठिन भयो । भाषा नबुझी स्विकारिएका कतिपय ग्राहकबाट असुरक्षित र कष्टकर यौनकार्य गर्न लगाउने थौरै पैसा दिने बढी समय लगाउन बाध्य पार्नेजस्ता दुव्र्यवहार भोग्नुपरेको अनुभव पुरुष यौनकर्मीसँग भएको उनको कथन छ । सो समस्या समाधान गर्न स्विङले आफ्ना सदस्यहरुका लागि कार्यालय रहेका तीनओटै सहरमा अंग्रेजी भाषा प्रशिक्षण कक्षा साचालन गरेको छ । जहाँ लेख्न र पढ्नभन्दा बढी बोल्न सिकाइन्छ । हरेक साताको सोमबार मंगलबार बिहीबार र शुक्रबार स्थानीय समयअनुसार पुरुष यौनकर्मीहरु आ–आफ्नै समूह बनाएर अंग्रेजी भाषा सिक्ने गरेको उनले जानकारी गराए ।

अहिले थाइल्यान्डमा अंग्रेजी र थाई दुवै भाषा नजानेका ग्राहक आइपुग्न थालेकाले उनीहरुका लागि थप भाषा सिकाइनुपर्ने उनको अनुभव छ । अंग्रेजी भाषा नबुझ्नेहरुमा धेरैजसो जर्मनी कोरियन जापानिज र चाइनिज रहेको जानकारी गराउँदै उनले भने ुस्विङले छिट्टै थप भाषा प्रशिक्षण कक्षा साचालनको तयारी गर्दैछ । यसैगरी स्विङले पुरुष यौनकर्मीलाई कार्यालयमा निःशुल्क इमेल÷इन्टरनेट चलाउने र शारीरिक व्यायाम गर्ने प्रबन्धका साथै एचआईभी परीक्षण एवं यौनरोग उपचारका लागि सम्बन्धित अस्पतालमा सिफारिस गरिदिने व्यवस्था पनि स्विङले गर्दै आएको उनले जानकारी गराए । 

यसैगरी यौनकर्मी पुरुषलाई कार्यक्षेत्रमा कुनै समस्या परेमा सोझै स्विङमा सम्पर्क गर्न हटलाइन टेलिफोनको व्यवस्था गरिएको पनि उनले बताए । उनले स्विङले गत वर्षदेखि सहुलियत दरमा उच्च गुणस्तरीय कन्डम बेच्न थालेपछि पुरुष यौनकर्मीलाई केही राहत मिलेको समेत जानकारी गराए । उनले भने ुएउटै ट्रेडमार्कको कन्डमलाई बजारमा प्रतिपिस २७ भाट तिनुपथ्र्यो संस्थाबाट खरिद गर्दा जम्मा चार भाटमा पाइन्छ । यसले एकजना ग्राहकबाट हुने आम्दानी कम्तीमा पनि २३ भाटभन्दा बढी बचत गराइदिएको उनको कथन छ । 

उनले अहिलेसम्म कानुनी मान्यता नपाए पनि मुलुकको पर्यटन उद्योगको एक अंगको रुपमा सरकारले नै प्रोत्साहन गरेको थाई यौन व्यवसायलाई व्यवस्थित गर्ने क्रममा पुरुष यौनकर्मीहरुले पनि स्वास्थ्य मन्त्रालयबाट केही आधारभूत सुविधा पाएको बताए । स्विङका प्रशिक्षक अहुकोङका अनुसार तीन दशकअघिसम्म ५० देखि ७० हजार यौनकर्मी रहेको थाइल्यान्डमा अहिले प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ५० लाख यौनकर्मी रहेको अनुमान गरिएको छ । देशकै कुल जनसंख्या ६ करोड रहेको थाइल्यान्डको यौन उद्योगमा संलग्न कुल संख्याको करिब डेढ तिहाइ पुरुष यौनकर्मी छन् । 

उनीहरु युरोपेली मुलुकबाट बिदा मनाउन थाइल्याण्ड भित्रिने सोखिन महिलालाई आफ्नो पुरुषत्व बेचिरहेका छन । यसले मुलुकको पर्यटन उद्योगमा योगदान पुग्नुकासाथै अन्य देशका युवालाई पनि आय–आर्जनको राम्रो पाठ सिकाईरहेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।