logo

टानमा अबैध रुपमा कर्मचारी नियुक्त

    5889   पटक पढिएको

२६ असार / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले अवैध रुपमा कर्मचारी नियुक्त गरेको खुल्न आएको छ । असार २५ गते टानका अध्यक्ष नवराज दाहालको अध्यक्षतामा बसेको टानको १५ औं पूर्ण बैठकले पुरानो कार्यसमितिको निर्णय अनुसार भन्दै टिम्स विभागमा सुनिता श्रेष्ठलाई सहायक टिम्स अफिसर पदमा नियुक्ति गर्ने सर्वसम्मत निर्णय गरेको थियो । यस विषयमा पुरानो कार्यसमिति संग जानकारी लिँदा पुरानो कार्यसमितिले यस विषयमा कुनै निर्णय नभएको वताएका छन । 

टानको पुरानो कायसमितिका महासचिव कर्ण लामाले अघिल्लो कार्यसमितिले यस विषयमा कुनै निर्णय नगरेको अर्थ र व्यापारलाई वताए । “हाम्रो कार्यसमितिले गरेको निर्णयहरु विधि र विधानसम्मत छन,त्यस विषयमा कुनै निर्णय भएको छैन”–लामाले भने । टानको बैठकमा कार्यसमितिका केहि पदाधिकारी र सदस्यहरुले यस विषयमा विमति राखेपनि निर्णय गरिएको टानका एक सदस्यले अर्थ र व्यापारलाई वताए । त्यसवाहेक टानले गरेको यो नियुक्ति कर्मचारी नियमावलिको पनि विपक्षमा रहेको देखिएको छ ।

त्यस्तै टान बैठकले सचिवालयका कर्मचारीहरु मछिन्द्र आचार्य र देवेन्द्र डंगोलले हालसम्म सेवा गरेको आधारमा कर्मचारीहरुले पाउने सुबिधा दिलाई निवृत्त गरी दिनु भन्ने निवेदन दिएकोमा २०७५ श्रावण १ गतेबाट लागू हुने गरी राजीनामा स्वीकृत गर्ने सर्वसम्मत निर्णय पनि गरेको छ ।

बैठकले प्रचलित कर्मचारी सम्बन्धी विनियमावली अनुसार हिसाब किताब गराई पाउनु पर्ने रकम २०७५ साउन १५ गते भित्र गर्न टानका कोषाध्यक्ष रामकृष्ण तिमल्सिना,सह–कोषाध्यक्ष तारा राना, सदस्य महेश बुढा, सदस्य रामबहादुर खड्का र सदस्य सुकबहादुर लामालाई जिम्मेवारी  दिने सर्वसम्मत निर्णय पनि गरेको छ । त्यस्तै साथै टानका प्रमुख कार्यकारी अधिकृत टेक बहादुर महतले जेष्ठ ३१ मा दिएको राजीनामा पनि बैठकले स्विकृत गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।