logo

सिजनमा टानको निर्वाचन राखिएको भन्दै व्यवसायिहरु रुष्ट

समिकरण निर्माणमा प्रयास सुरु

    1219   पटक पढिएको

२८ असोज / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को असोज २४ गते बसेको कार्यसमितिको ४६ औं पूर्ण बैठकले टानको ३९ औं वार्षिक साधारणसभा एवं निर्वाचन २०७४ कात्र्तिक १२ ( २९ अक्टोवर) मा बौद्ध स्थित हायात रिजेन्सि होटलमा गर्ने निर्णय गरेको छ । टान कार्यसमितिले साधारणसभा लम्व्याउन चाहेपनि व्यवसायिहरुको चौतर्फि दवाव पछि साधारणसभा घोषणा गरेको हो ।

यसअघि सेप्टेम्बरमा नै टानको साधारणसभा र निर्वाचन गर्नुपर्ने आवाज उठेपनि टानको वर्तमान कार्यसमितिले आफ्नो कार्यकाल समय बाँकी रहेको भन्दै साधारणसभा नगरेपनि कात्र्तिक १२ का लागी साधारणसभा तोकेको हो । तर अक्टोवर–नोभेम्बर नेपालको पर्यटन क्षेत्र र पदयात्रा पर्यटन व्यवसायिहरुको मुख्य सिजनको समय भएका कारण अधिकांश व्यवसायिहरु खुशी भन्दा पनि रुष्ट देखिएका छन । 

अर्थ र व्यापार संग कुरा गदै केहि पर्यटन व्यवसायीहरुले मुख्य सिजनमा ल्याएर टानको साधारणसभा गर्नु बद्नियपूर्ण रहेको र यहि समयमा साधारणसभा गरे कोरम सम्म नपुग्ने वताए । “मतदातालाई भोट हाल्ने अधिकार वाटै बञ्चित गर्ने उद्देश्यले साधारणसभा तोकेको देखिन्छ”–अर्का एक पर्यटन व्यवसायिले भने–“व्यवसायको प्रकृति र सिजन नबुझ्ने व्यक्तिहरु टानको नेतृत्वमा हुनुको फल मध्य सिजनमा टानको साधारणसभा तोकिनु हो ।” 

टानका सदस्यहरुको लागी टानको निर्वाचन भन्दा पनि आफ्नो व्यवसाय महत्वपूर्ण रहेको अर्का एक पर्यटन व्यवसायिले अर्थ र व्यापारलाई वताए । टानका केहि सदस्यहरुले भने समयैमा साधारणसभा तोक्नुलाई सकारात्मक भएपनि मध्य सिजनमा साधारणसभा गर्नु उचित नभएको प्रतिक्रिया दिएका छन ।

यद्यपी टानले साधारणसभा तोक्नु अगाडी देखि पर्यटन क्षेत्रमा क्रियाशील राजनीतिक दलहरु निकट व्यवसायिका संस्थाहरुले समिकरणको प्रयास गरेका छन । अधिकांश आकांक्षीहरु आफ्नै दलवाट सर्वसम्मत हुन बाँकी छ । अवको केहि दिनमा समिकरण निर्माण गर्दै आंकांक्षीहरु मध्ये वाट उम्मेदवारहरुको छनोट हुन सक्ने देखिन्छ । यता ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्रप्रसाद रिजालले भने तोकिएको समयमा साधारणसभा नहुनुपर्ने कुनै कारण नरहेको वताए ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।