logo

टानद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

    1879   पटक पढिएको

२२ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) ले एक कार्यक्रमको आयोजना गरी मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनरअप प्रकृति ढकाल, मिस टुरिजम–२०१८ सेकेण्ड रनरअप श्रुति थापा र आयोजक प्वाईन्ट मिडियालाई बधाई ज्ञापन गरेको छ ।

कार्यक्रममा बोल्दै ट्रेकिङ एजेन्सिज एशोसियसन अफ नेपाल (टान) का अध्यक्ष नवराज दाहालले सरकारले सन २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा त्यसलाई सफल पार्न नेपाल पर्यटन वोर्ड,पर्यटन क्षेत्रका व्यवसायिक संघ–संस्था तथा मिस टुरिजमका विजेताहरु पनि लाग्नुपर्ने वताए । दाहालले नेपालको पर्यटन क्षेत्रमा पर्यटन क्षेत्रमै औपचारिक शिक्षा हाँसिल गरेका र अन्य युवाहरुलाई आकर्षित गर्न जरुरी रहेको वताए । उनले मिस टुरिजमका विजेताहरुको ज्ञान र सीप पर्यटन क्षेत्रको विकासमा लगाउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा युवा र महिलाहरुको सहभागिता वृद्धिको उद्देश्य राखेर विगत तीन वर्ष मिस टुरिजमको आयोजना गर्दै आएको वताए । मिस टुरिजम–२०१८ मनिता पौडेलले आँफुहरु अवको एक वर्ष सवैसंग सहकार्य गर्दै नेपालको पर्यटन प्रवद्र्धनमा सक्रिय रहने वताईन । 

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का निवर्तमान अध्यक्ष चन्द्र प्रसाद रिजाल,बरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी,प्रथम उपाध्यक्ष जीवन थापा मगर,महासचिव आङ पेम्बा शेर्पा, कोषाध्यक्ष रामकृष्ण तिमल्सिना, सह–कोषाध्यक्ष तारा राना तथा टानका पदाधिकारी र कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो । 
(तस्विर : शंकर प्रधानांग)
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।