logo

सोसाइटी इन्टरनेसनल ट्राभल गरुडा इन्डोनेसियाको जनरल सेल्स एजेन्टमा नियुक्त 

    1670   पटक पढिएको

२४ पुस/अर्थ र व्यापार– गरुडा इन्डोनेसियाले नेपालको लागि जनरल सेल्स एजेन्टमा सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसलाई नियुक्त गरेको छ ।

गरुडा इन्डोनेसियाले ‘सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिस’लाई अफलाइन जनरल सेल्स अजेन्टको रूपमा सन् २०२१ जनवरी १ देखि लागू हुने गरी नियुक्त गरेको हो ।

सम्झौतापछि सोसाइटी इन्टरनेसनल ट्राभलले गरुडा इन्डोनेसियाका लागि बृहत बिक्री र मार्केटिङ सेवा उपलब्ध गराउनुका साथै पूर्ण ग्राहक र एजेन्ट समर्थन प्रदान गर्ने सहमति भएको छ ।

उक्त सम्झौतापछी गरुडा इन्डोनेसियाले नेपाली बजारमा गरुडा इन्डोनेसियाको सेवा र सुविधा सुदृढ गर्दै नेपाली बजारमा अवसरको उपयोग गर्ने बताइएको छ । गरुडा इन्डोनेशियाले इन्डोनेसियामा विदेशी पर्यटन बढाउन निरन्तर लागि परेको छ ।

सोसाइटी इन्टरनेसनल ट्राभलका अध्यक्ष रबिचन्द्र सिंहले गरुणा इन्डोनेसियासँग काम गर्न पाउदा खुशी लागेको बताए । उनले भविष्यमा गरुणा इन्डोनेसिया एयरलाइन्सबाट सिधैं नेपालमा उडान सुरु हुनसक्ने कुरामा आशावादी रहेको बताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।