logo

टानको सदस्यमा श्रीराम अधिकारीको उम्मेद्वारी, नेपाल र भारतमा लामो समय ट्रेकिङ गरेको अनुभव

    1861   पटक पढिएको

१६ भाद्र / अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को निर्वाचनमा अञ्जन थापा (कुमार) समुहवाट नेपालको पदयात्रा पर्यटन क्षेत्रको बारेमा विशेष जानकारी राख्ने श्रीराम अधिकारीले सदस्य पदमा उम्मेदवारी दिएका छन । एपिक एड्भेञ्चर प्रा.लि.का प्रबन्ध निर्देशक अधिकारी बिगत करिव बीस वर्षदेखि पद्यात्रा पर्यटन क्षेत्रमा सक्रिय छन ।

धादिङको फुलखर्कका जन्मेका अधिकारीसंग नेपालको हरेकजसो पदयात्रा रुटमा आँफै ट्रेकिङ गरेको अनुभवका साथै भारत र स्विट्जरल्याण्डमा समेत लामो समय ट्रेकिङ गरेको अनुभव छ । व्यवसायका साथै समाजसेवामा पनि उत्तिकै सक्रिय अधिकारी आँफुले नेपालको पदयात्रा पर्यटन क्षेत्रका विविध समस्याका वारेमा आँफु जानकार रहेकोले पनि टानमा गएर नेपालको पदयात्रा पर्यटन क्षेत्रको समस्या समाधानका लागी भुमिका खेल्न सक्ने वताउँछन ।

पर्यटन क्षेत्रमा सफल व्यवसायीको पहिचान निर्माण गरेका अधिकारी सादा जीवन उच्च विचार राख्नुपर्छ भन्ने मान्यता राख्छन । “टानमा गएर नेपालको पदयात्रा पर्यटन क्षेत्रको विकासका लागी मात्र होईन,नेपालको पर्वतिय पर्यटनको अन्तर्राष्ट्रिय स्तरमा समेत विशेष प्रवद्र्धनका काम गर्न सकिन्छ भनेर टानको सदस्यमा उम्मेद्वारी दिएको हुँ”–सदस्य पदका उम्मेदवार श्रीराम अधिकारीले भने । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।