१० पुस/अर्थ र व्यापार– सगरमाथा इन्स्योरेन्स कम्पनी र होटल ल्याण्डमार्क तथा सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि.बीच सम्झौता भएको छ ।
आन्तरिक पर्यटनको विकासलाई टेवा पुर्याउने उद्देश्यले सगरमाथा इन्स्योरेन्स र पोखरा स्थित होटल ल्याण्डमार्कबीच सम्झौता भएको हो ।
सम्झौता पत्रमा सगरमाथा इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्री तथा होटल ल्याण्डमार्क तथा सम्राट टूर्स एण्ड ट्राभल्स प्रा.लि को तर्फबाट सिएन पाण्डेले हस्ताक्षर गरेका हुन् ।
सम्झौतापछी सगरमाथा इन्स्योरेन्स कम्पनीका कर्मचारी तथा भीआईपी कार्ड होल्डर बीमितले होटलको विभिन्न सेवा तथा सुविधाहरुमा विशेष छुट पाउने छन् ।
तपाईको प्रतिक्रिया