logo

रिभरफन बिच रिसोर्टलाई एशियन लाईफ स्टाईल टुरिजम अवार्ड

    2144   पटक पढिएको

१३ भाद्र/ अर्थ र व्यापार

कुरिनटारको वट्टार स्थित त्रिशुली नदी किनारमा अवस्थित रिभरफन बिच रिसोर्टले एशियन लाईफ स्टाईल टुरिजम अवार्ड प्राप्त गरेको छ । सिंगापुरको एशिया लिडिङ रिसोर्ट ईंकले सातौं पटक आयोजना गरेको कार्यक्रममा रिभरफनले सो अवार्ड प्राप्त गरेको हो । रिभरफन विच रिसोर्टका सञ्चालकद्वय शंकर अधिकारी र राजन सिंखडाले भदौ ५ गते सो अवार्ड लिएका थिए ।

अवार्ड पाएपछि आयोजित पत्रकार सम्मेलनमा रिसोर्टका प्रबन्ध निर्देशक शंकर अधिकारीले रिभरफनले सो अवार्ड पाउनु नेपालकै गर्वको विषय रहेको वताए । अधिकारीले सो अवार्डले आँफुहरुको जिम्मेवारी थप बढेको अनुभव भएको वताउँदै बिच रिसोर्ट लाई अझ स्तरीय र सुविधायुक्त वनाउने पनि वताए ।

रिभरफनका निर्देशक राजन सिंखडाले नेपालको पर्यटन क्षेत्रको विकासका लागी राज्यले विशेषगरी पूर्वाधार निर्माणमा ध्यान दिनुपर्ने वताए । रिभरफनले सो अवार्ड एड्भेञ्चर विधामा प्राप्त गरेको वताउँदै यो अवार्डले रिभरफनको मात्र नभएर दक्षिण एशियामा नै नेपालको पर्यटकिय गन्तव्यहरुको प्रचार प्रसारमा ठूलो सहयोग मिलेको वताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।