logo

कतारका राजकुमार अब्दुल्लाद्धारा आमदब्लम हिमालको सफल आरोहण

    1786   पटक पढिएको


२६ कात्तिक/अर्थ र व्यापार– कतारका राजकुमार शेख मोहम्मद विन अब्दुल्ला अल थानीले सगरमाथा क्षेत्रमा पर्ने ६८१२ मिटर उचाईको आमदब्लम हिमालको सफल आरोहण गरेका छन् ।

अमेरिकी गाइड ग्यारेट सी म्याडसनको नेतृत्वमा थानीसहित ६ जनाको टोलीले आरोहणका लागी प्राविधिक हिसाबले निकै कठिन आमदब्लम हिमालको आज बिहान ११ः२० बजे सफल आरोहण गरेको हो ।

हिमालयन गाइड्स नेपालका प्रबन्ध निर्देशक इश्वरी पौडेलले थानीसहित ६ जनाको टोलीले आज बिहान ११ः२० बजे आमदब्लम हिमालको शिखर पुगेको जानकारी दिए । 

पौडेलका अनुसार युवराजको टोलीको आरोहणलाई सफल बनाउने क्रममा  ७ जना नेपालीहरु पनि चुचुरोमा पुगेको बताए । 

पौडेलले कोभिडकै बीच पनि हाई प्रोफाईलका व्यक्तिहरु आएर हिमाल चढ्नुले इन्टरनेसनल रूपमा राम्रो म्यासेज जाने बताए । 

आमदब्लम हिमालको आरोहणका लागी राजकुमारको टोली दसैंको टीकाको दिन काठमाडौंबाट लुक्लाका लागि उडेको थियो । 

यसअघि बहराइनका राजकुमार सेख नासिर विन हमाद अल खलिफाको टोलीले नेपालको लोबुचे र मनास्लु हिमालको सफल आरोहण गरिसकेका छन् । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।