२४ माघ / अर्थ र व्यापार- आगामी माघ २६ गते पर्यटकीय स्थल ठमेलस्थित ठमेल ईको रिसोर्टमा प्रादेशिक फुड फेस्टिवल आयोजना हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपालको सातै प्रदेशका चलनचल्तिका खानाहरुलाई प्रचार–प्रचार गर्ने उद्देश्यले खानाको प्रदर्शनी र टेस्टिङ कार्यक्रम आयोजना गरिएको कार्यक्रमका संयोजक तथा नेप्लीज फुड गुरु सुरेशचन्द्र वस्नेतले वताए ।
ग्लोवल नेप्लीज सेफ्स फेडेरेशन र नेप्लीज वल्र्डवाईड सेफ्स एशोशियसनले फेस्टिवलको आयोजना गरेका हुन । ठमेल ईको रिसोर्टका निर्देशक राजन सिम्खडाले नेपालीी खानालाई अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार गर्न तथा नेपाली खाना मार्फत विश्वभरका पर्यटकलाई नेपालमा आकर्षित गर्न फेस्टिवलले सहयोग पु¥याउने अपेक्षा रहेको वताए । फेस्टिवलमा सातै प्रदेशका प्रतिनिधिमुलक खानाहरुको प्रर्दशनी गरिनेछ बस्नेतले वताए ।
तपाईको प्रतिक्रिया