६ पुस/अर्थ र व्यापार– संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पछिल्लो समय विकसित अलोकतान्त्रिक घटनाक्रमका कारण जिम्मेवारीमा बस्न अनुपयुक्त लागेकोले राजिनामा दिएको बताएका छन् ।
मन्त्रालयमा आयोजित बिदाइ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले लोकतान्त्रिक मुलुकमा प्रधानमन्त्रीले चालेको कदम, असंवैधानिक अलोकतान्त्रिक व्यवहारका कारण आफू लगायतका मन्त्रीहरुले सामूहिक राजिनामा दिएको बताएका हुन् ।
प्रधानमन्त्रीले चालेको कदम सहि नभएको भन्दै मन्त्री भट्टराईले संसद पुनःस्थापना हुनेमा आशावादी रहेको समेत बताए ।
भट्टराईले कोभिडको कारण सोचे जति काम गर्न नसकिए पनि पर्यटन क्षेत्रमा नीतिगत सुधार र उड्डयन क्षेत्रमा थुप्रै पूर्वाधार विकासका काम भएको बताए ।
तपाईको प्रतिक्रिया