७ जेष्ठ / अर्थ र व्यापार- नवगठित पर्यटन व्यवसायी संगठन नेपालको औपाचारीक घोषणा एवं नेतृत्व परिचयात्मक कार्यक्रम आगामी जेष्ठ ९ गते बुधवार होटल उडल्याण्ड काठमाडौंमा हुने भएको छ । संगठन तत्कालिन नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायि महासंघ नेपालको आमन्त्रित सदस्य समेत रहेको संगठनले जनाएको छ ।
नेतृत्व परिचयात्मक कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीका स्थाई कमिटी सदस्य एवं नेपाल उद्योग तथा व्यवसायी महासंघका ईन्चार्ज मुकुन्द न्यौपानेको प्रमुख आथित्यतामा हुने संगठनले जनाएको छ ।
यसअघि तत्कालिन नेकपा एमाले निकट नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संगठनको अधिवेसनले सवैलाई समेट्न नसक्दा संगठन फुटको अवस्थामा पुगेको हो । नवगठित पर्यटन व्यवसायी संगठन नेपालको नेतृत्व ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष सिताराम सापकोटाले गर्नेछन । हाल ५१ सदस्यीय केन्द्रिय कमिटी घोषणा गर्ने तयारी गरेको संगठनमा दुई सय भन्दा बढिले सदस्यता लिईसकेको संगठनले जनाएको छ ।
तपाईको प्रतिक्रिया