logo

रङ्गशालाबाट शुभारम्भ, पर्यटकलाई ‘सरप्राइज’

    1126   पटक पढिएको

१० मंसिर / अर्थ र व्यापार - भ्रमण वर्ष २०२० सुरु हुन एक महिना बाँकी रहँदा यसको औपचारिक उद्घाटन स्थलको टुङ्गो लागेको छ । सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा बसेको भ्रमण वर्षको मूल आयोजक समितिको बैठकले राजधानीको दशरथ रङ्गशालामा जनवरी १ मा औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्नुहुने उक्त कार्यक्रममा ४० भन्दा बढी देशका पर्यटन मन्त्रीलाई समेत अतिथिका रूपमा आमन्त्रण गर्ने तयारी गरिएको छ । काठमाडौँका विभिन्न स्थानबाट एकैपटक झाँकी प्रदर्शनी पनि हुने योजना बनाइएको छ । कार्यक्रममा विभिन्न देशका मेयरलाई पनि अतिथिका रूपमा निम्तो दिइनेछ ।

राजधानीबाहेक देशैभर प्रदेश र स्थानीय तहमा पनि औपचारिक उद्घाटन कार्यक्रम गर्ने निर्णय समितिले गरेको छ । भ्रमण वर्षका अवसरमा नेपाल भित्रिने पर्यटकलाई अलि फरक तरिकाबाट स्वागत गर्ने निर्णय पनि समितिले गरेको छ । खासगरी काठमाडौँको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा भित्रिने पर्यटकलाई हात्ती प्रयोग गरेर स्वागत गर्ने योजना बनाइएको छ ।

समितिको बैठकले भ्रमण वर्षको तयारी स्वरूप केही योजनाहरूमा पनि निर्णय गरेको छ । बैठकले विदेश जाने नेपालीलाई प्रचारप्रसार सामग्री वितरण गर्ने, नेपालभित्र उत्पादन हुने वस्तु र सार्वजनिक यातायातमा भ्रमण वर्षको लोगो प्रयोग गर्ने, सार्वजनिक स्थलमा पुराताìिवक महìव नबिग्रने गरी ‘लाइटिङ’ गर्ने निर्णय गरेको छ ।

भ्रमण वर्षसँग सम्बन्धित गीत तयार गर्ने, नेपाल भित्रिने जहाजमा नेपालबारे जानकारी दिने अडियो प्रस्तुत गर्ने, बाह्रै महिना सरसफाइ कार्यक्रम चलाउने, सम्भव भए विश्वकै अग्लो बुर्ज खालिफा टावरमा भ्रमण वर्षको प्रस्तुति राख्ने योजना पनि तयार भएको छ । त्यस्तै विदेशका औपचारिक कार्यक्रममा सरकारको तर्फबाट जाँदा अनिवार्य रूपमा कोसेली लिएर जानुपर्ने निर्णय पनि समितिले गरेको छ ।

यस्तै विदेशमा नेपालको कूटनीतिक उपस्थिति रहेका ठाउँमा जनवरी ७ मा औपचारिक रूपमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम राखिने भएको छ । भ्रमण वर्षका लागि तयार गरिएका योजनाका विषयमा सम्बन्धित निकायले सक्रिय रूपमा काम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभएको छ । सबैलाई आफ्नो जिम्मेवारीअनुसार काम गरेर भ्रमण वर्ष सफल बनाउन मन्त्री भट्टराईले आग्रह गर्नुभयो । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।