logo

नुवाकोटमा पछिल्लो समयमा होटलमा लगानी गर्ने क्रममा बढोत्तरी

    2175   पटक पढिएको

२ बैशाख /अर्थ र व्यापार - नुवाकोटको विदुर र बेलकोटगढी नगरपालिका तथा १० वटा गाउँपालिका रहेको नुवाकोटमा होटल क्षेत्रमा मात्रै तीन अर्ब रुपैयाँ लगानी भइसकेको नुवाकोट उद्योग वाणिज्य संघले जानकारी दिएको छ । पहाडी संरचना रहेको नुवाकोटमा पछिल्लो पाँच वर्षदेखि होटलमा लगानी गर्ने क्रममा बढोत्तरी भएको हो । होटल व्यवसायमा तीन अर्ब लगानी भइसकेको संघका अध्यक्ष ताराबहादुर कार्कीले जानकारी दिए ।

नेपाल–चीन प्रवेशका लागि रसुवागढी नाका आधिकारिक रूपमा सञ्चालनमा आएपछि नुवाकोटमा यात्रु र पर्यटकको संख्या बढिरहेको छ। नुवाकोटमा स्टार होटल नभए पनि पर्यटकका लागि पर्याप्त सेवा, सुविधा तथा गुणस्तर रहेको कार्कीले बताए। काठमाडौंलगायत रसुवा, धादिङ, चितवन, सिन्धुपाल्चोक, गोरखाबाटसमेत पर्यटक नुवाकोट घुम्न आएर होटलमा बस्ने गरेका छन् । रसुवागढी नाका सञ्चालनका साथै काठमाडौंबाट नुवाकोट प्रवेश गर्न तीनवटा सडकमार्ग रहेका कारण आन्तरिक तथा वाह्य पर्यटकको आगमन बढिरहेको छ । होटल व्यवसायमा लगानीकर्ता बढिरहेको उद्योग वाणिज्य संघ नुवाकोटका प्रवक्ता सवीन राजभण्डारीले बताए ।

उनका अनुसार तीन वर्ष यतादेखि नुवाकोट र रसुवामा पारिवारिक वातावरणका होटल खुल्ने क्रम बढिरहेका छन् । सानाठूला गरी नुवाकोटमा एक सय ६० र रसुवामा ७५ वटा होटल सञ्चालनमा छन् । रसुवाको होटल व्यवसायमा समेत दुई अर्ब भएको छ । कतिपय होटलले त होम स्टे प्रकृतिबाट ग्राहकलाई सेवा प्रदान गरिरहेका छन् । नुवाकोटको विदुर, बट्टार, पीपलटार, ढिकुरे, देवीघाट, वेत्रावती, छहरे, खरानीटार, रसुवाको कालिकास्थान, धुन्चे, स्याफ्रुबेसी, टिमुरेलगायत स्थानमा होटल खुल्ने क्रम बढिरहेको पर्यटन व्यवसायी दीपेन्द्र पौडेलले बताउँछन् ।

होटलमा खाना तथा वासस्थानको गुणस्तर कायम गरेपछि एकपटक आएका ग्राहक पुनस् आउने गरेको बट्टारका अर्का पर्यटन व्यवसायी राममणि अधिकारीले बताए । अधिकारीलगायत एक सय ४४ जनाले पर्यटन सहकारीमार्फत ११ करोडको लगानीमा होटल वाटर टावर सञ्चालन गरेका छन् । नारायण भट्टले वट्टार बजारको दम्की चोकमा दुई करोड लगानी गरेर आधुनिक होटल सञ्चालन गरेका छन्। युवा पर्यटन व्यवसायी दीपेन्द्र लोहनीको अगुवाइमा होटल नुवाकोट भ्यू सञ्चालनमा ल्याइएको हो । दुई करोड रुपैयाँ लागतमा निर्मित यस होटलबाट नुवाकोटका अधिकांश स्थान देख्न सकिन्छ ।

रसुवागढी, स्याउबारी, केरुङ, बेत्रावती, जालपादेवी, भैरवी मन्दिरलगायत ठाउँमा घुम्न आउने पर्यटकसमेत नुवाकोटका होटलमा बस्ने गरेको व्यवसायी बताउँछन्। नयाँ होटल स्थापना भएसँगै नुवाकोटमा गैरसरकारी, विभिन्न सघंसस्था, सरकारी कार्यालयलगायत कायक्रम होटलका हलमा नै हुने गरेको थपलिया बताउँछन् ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।