logo

तनहुँको बन्दीपुरमा पर्यटकहरुको संख्या बढ्दै

    1213   पटक पढिएको

२ साउन / अर्थ र व्यापार – तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरीक पर्यटकहरुको संख्या बढ्दै जान थालेको छ । भूकम्प र नाकाबन्दीका कारण थलिएको बन्दीपुरको पर्यटन व्यवसाय बिस्तारै तग्रिने अवस्थामा आएको छ । बन्दीपुरमा गत वर्षको दशैं पछि पर्यटकहरु बढ्न थालेका हुन् । असार महिनामा समेत पर्यटकहरु बन्दीपुरमा भेटिए । बन्दीपुरमा ९० प्रतिशत पर्यटकहरु आन्तरीक हुन्छन् भने १० प्रतिशत मात्रै विदेशी पर्यटक आउने गरेका छन् ।

विषेश गरी विकइन्ड मनाउन आन्तरीक पर्यटकहरु बन्दीपुर आउने गरेको छ । पर्यटकहरुको बसाई अवधि भने एक दिनको मात्रै हुने गरेको छ । बन्दीपुरमा ठूला–साना गरी ६० वटा होटलहरु सञ्चालनमा छन् । तिनमा ५ सय रुपैयाँदेखि १२ हजारसम्म पर्ने कोठाहरु छन् । बन्दीपुरमा ३ वटा नयाँ होटल यसै वर्ष थपिएका छन् भने ४ वटा ठूला होटल निर्माणको क्रममा छन् । होटलहरुमा ६ सय जनाले रोजगारी पाएका छन् ।

पर्यटकको आकर्षणको केन्द्र बन्दै गएपछि बन्दीपुरमा भ्यू टावर निर्माणको प्रक्रिया अघि बढेको छ । २ करोडको लगानीमा रानीवन क्षेत्रमा भ्यूटावर निर्माणको प्रक्रिया अघि बढेको छ । यहाँबाट एउटै रेञ्जमा धांउलागिरीदेखि लामटाङसम्मका ८ हजार उचाइभन्दा माथिका हिमालहरु देख्न सकिन्छ ।

यसैगरी बन्दीपुरमा तालपार्क निर्माणको योजना अघि बढेको छ । बन्दीपुरको गैह्रीगाउँमा तालपार्क निर्माणका लागि जग्गाको मुआब्जा दिने प्रक्रिया अघि बढेको छ । पार्क निर्माण हुने स्थानमा केही व्यक्तिको समेत जग्गा परेकाले त्यसलाई टुंग्याएर मात्रै काम शुरु गर्नुपर्ने हुँदा ढिला भएको छ ।

पानीको स्रोत नै नभएको ठाउँमा तालपार्क बनाउन लागिएको हो । बन्दीपुर गाउँपालिकाले बन्दीपुरमा रिङरोड निर्माण गर्न १ करोड ३० लाख रकम छुट्टाएको छ । यस्तै, गुरुन्चे डाँडाको पिकमा रहेका मन्दिरहरुको जीर्णोद्धार गरी त्यहाँ रहेको राजदरवारसम्म पुग्न फुट ट्र्याक निर्माणको काम गाउँपालिका र स्थानीय समुदायको साझेदारीमा अघि बढाउने तयारी भएको छ ।

यस्तै बन्दीपुरको टुँडीखेल क्षेत्रको गुरुयोजना तयार गरी फुटबल मैदान, फुटपाथ निर्माणको काम भैरहेको छ । हेलिप्याड निर्माण, कोसेली घर निर्माणको काम बाँकी छ । २ करोड ५० लाखको लागतमा ३ वर्ष्भित्र पूरा गर्ने गरी टुँडीखेलमा यी संरचनाहरु निर्माण गर्न लागिएको हो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।