logo

सन् २०२० को ११ महिनामा २ लाख २० हजार पर्यटक नेपाल भित्रिए

    2258   पटक पढिएको


१८ मंसिर/अर्थ र व्यापार– सन् २०२० को ११ महिनामा विभिन्न मुलकबाट २ लाख २० हजार १ सय २० जना पर्यटकले नेपाल भ्रमण गरेका छन् । यसमध्ये बढी संख्या नेपालमा लकडाउन सुरु हुनुभन्दा अगाडी जनवरीदेखी मार्चसम्मको हो ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण बर्षको रुपमा मनाउने तयारी गरिरहँदा सुरु भएको विश्वव्यापी कोभिड–१९ महामारीका कारण नेपाल भ्रमण बर्ष सफल हुन सकेन अन्ततः भ्रमण बर्ष नै रद्ध हुन पुग्यो ।

भ्रमण वर्षका रुपमा सुरुआत गरिएपछिको २ महिना पछि महामारी नियन्त्रणको लागि सरकारले गरेको नेपालमा लकडाउन सुरु भएसंगै नेपालमा पर्यटक आगमन बन्द भएको हो।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्यांक अनुसार सरकारले गत अक्टोवर १७ बाट पर्यटकका लागि नेपाल खुला गरेपछि अक्टोवरमा १८७४ जना र नोभेम्बरमा १९४७ जना पर्यटक नेपाल आएका छन् ।

बोर्डका अनुसार नोभेम्बरमा अमेरिकाबाट ४४७, बेलायतबाट २९५ र चीनबा २ सय ९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । भारतबाट १ सय २३ र रुसबाट १ सय २ जना नेपाल आएको तथ्यांक छ ।

यस्तै, नोभेम्बर महिनामै क्यानडाबाट ५८, जापानबाट ३७, दक्षिण कोरियाबाट ३५, अष्टे्रलियाबाट ३४, फ्रान्सबाट ३३ र बेल्जियमबाट २८ जना नेपाल भ्रमणमा आएका छन् ।

नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार जनवरीमा ७९६८, फेब्रुअरी १०१४००, मार्चमा ३४, ०२५ अप्रिलमा १३, मेमा ३०, जुनमा १००, जुलाईमा १९५, अगस्टमा २६८, सेप्टेम्बरमा ५८२, अक्टोवरमा १८७४ र नोभेम्बर महिनामा १९४७ जना पर्यटकले नेपाल भ्रमण गरेका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।