logo

युआइएएको व्यवस्थापन समितिमा एनएमएका महासचिव गुरुङ निर्वाचित 

नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने अवसर: गुरुङ

    2085   पटक पढिएको


१४ कात्तिक/अर्थ र व्यापार– नेपाल पर्वतारोहण संघ (एनएमए)का महासचिव कुलबहादुर गुरुङ इन्टरनेसनल क्लाइम्बिङ एन्ड माउन्टेनियरिङ फेडेरेसन (युआइएए)को व्यवस्थापन समितिको सदस्यमा निर्वाचित भएका छन् ।

पर्वतारोहण र पर्वतीय समुदायको विकासमा काम गर्दै आएको पर्वतारोहण क्षेत्रका संस्थाहरुको अन्तर्राष्ट्रिय महासंघ (युआइएए)को शनिबार राति भएको भर्चुअल साधारणसभा मार्फत गुरुङ चार वर्षको लागी निर्वाचित भएका हुन् । 

युआइएएको व्यवस्थापन समितिमा निर्वाचित हुने गुरुङ दोस्रो नेपाली हुन् । यसअघि सन् २०१६ मा एनएमएका पूर्वअध्यक्ष जिम्बा जाङ्बु शेर्पा निर्वाचित भएका थिए ।

युआइएएको मानार्थ सदस्यको रूपमा आङछिरिङ शेर्पा र माउन्टेन प्रोटेक्सन कमिसनमा डा. गणेश गुरुङ सदस्य रहेका छन् ।

महासचिव गुरुङले युआइएएको व्यवस्थापन समितिको सदस्यमा निर्वाचित हुनु नेपाली पर्वतीय पर्यटनलाई विश्व मञ्चमा थप उजागर गर्ने अवसर प्राप्त भएको भन्दै नेपालको पर्यटनलाई थप महत्वपूर्ण स्थान दिलाउन आफूले भूमिका खेल्ने बताए । 

युआइएएले आरोही गाइड तथा सहयोगीहरूको सामाजिक सुरक्षा, पर्वतीय समुदायको विकास र उनीहरूको संस्कृतिको संरक्षण तथा जलवायु परिवर्तन लगायतका क्षेत्रमा भूमिका खेल्न सक्ने गुरुङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।