logo

एनएमए निर्वाचनमा धाँधली भएको भन्दै जिम्बा समुहद्वारा सिसिटिभि फुटेज सार्वजनिक 

हारे पछि ईस्यु बनाउन खोजियो : लामा

    2255   पटक पढिएको

२४ साउन/ अर्थ र व्यापार- गत साउन २१ गते सम्पन्न भएको नेपाल पर्वतारोहण संघ (एनएमए) को निर्वाचनमा धाँधली भएको भन्दै अध्यक्षका उम्मेदवार मध्येका एक जिम्बा जाङबु शेर्पा समुहले एक पत्रकार सम्मेलन गरी सिसिटिभि फुटेज सार्वजनिक गरेको छ । गत शनिवार भएको निर्वाचनमा अध्यक्षमा जिम्बा जाङबु शेर्पा पराजित भएका थिए भने अध्यक्ष पदमा शन्तविर लामा निर्वाचित भएका थिए ।

पत्रकार सम्मेलनमा बोल्दै जिम्बा जाङबु शेर्पाले दुषित मनसाय वाट प्रेरित भई कुनै एउटा व्यक्ति वा समुह विशेषलाई जिताउने अभिप्रायवाट सम्पन्न भएको निर्वाचन गैह्रकानुनी भएको वताए । शेर्पाले सचिवका उम्मेदवार टिकाराम गुरुङ निर्वाचन धाँधली गर्न सक्रिय रहेको वताए । पत्रकार सम्मेलनमा बोल्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायि संघका अध्यक्ष दिपक महतले निर्वाचनमा पराजय भोगेपनि विजयी उम्मेदवारहरुलाई बधाई दएर फर्किएको वताउँदै सिसिटिभि फुटेज देखेपछि आँफुहरु चुप लागेर बस्न नसकेको वताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन व्यवसायि परिषद्का संस्थापक संयोजक सागर पाण्डेले यस्तो गलत प्रवृत्तिवाट नेतृत्वमा जाने प्रयास गरिनु निकै दुःखद भएको वताए ।“हाम्रा उम्मेदवारहरुले जित्नु र हार्नु संगको सवाल होईन, यो कस्तो ढंगले हामी नेतृत्व निर्माण गर्दैछौं भन्ने प्रमुख प्रश्न हो”–पाण्डेले भने । साथै निर्वाचनमा धाँधली गर्न एक हप्ता अगाडी देखि ग्राण्ड डिजाईन गरिएको पाण्डेले वताए ।

जिम्बा जाङबु समुहले निर्वाचनमा धाँधली भएको भन्दै जिल्ला प्रशासन कार्यालयमा हिजो सोमबार नै उजुरी दईसकेको छ ।

के देखिन्छ सिसिटिभि फुटेजमा ?

पत्रकार सम्मेलनमा देखाईएको सिसिटिभि फुटेजमा नेपाल पर्वतारोहण संघका तत्कालिन कोषाध्यक्ष तथा निर्वाचनमा लामा समुहका सचिवका उम्मेदवार टिकाराम गुरुङ दिउँसो २ वजेर ४ मिनेट जाँदा नेपाल पर्वतारोहण संघमा प्रवेश गरेको देखिन्छ । सिसिटिभिमा गुरुङको अनुहार प्रष्ट देखिन्छ भने उनले उम्मेदवारको परिचयपत्र घाँटीमा झुण्ड्याएको पनि प्रष्ट देखिन्छ । सिसिटिभि फुटेजमा अर्को पटक पुन दिउँसो ३ वजे नै सचिवका उम्मेदवार गुरुङ पुनः नेपाल पर्वतारोहण संघको कार्यालयमा प्रवेश गरेको देखिन्छ । सिसिटिभिमा उनले कार्ड छान्दै गरेको र केहि कार्ड लिएर गएको प्रष्ट देखिनुका साथै काउण्टरमा बसेको व्यक्तिलाई पर्सवाट पैसा झिकेर दिएको प्रष्ट देखिन्छ ।

हारे पछि ईस्यु बनाउन खोजियो : लामा
यस विषयमा अर्थ र व्यापारले अध्यक्षमा निर्वाचित  शन्तविर लामालाई प्रश्न गर्दा उनले हारेको मान्छेले धेरैलाई दुःख दिने र हारेपछि ईस्यु मात्र बनाउन खोजिएको वताए । सिसिटिभि फुटेजमा त सचिव पदका उम्मेदवार गुरुङले निर्वाचनको दिनमा कार्ड लिएर गएको र पैसा दिएको त प्रष्ट देखिन्छ नि भन्ने अर्थ र व्यापारको प्रश्नमा लामाले सचिव पदका उम्मेदवार संघको तत्कालिन कोषाध्यक्ष पनि भएकोले कार्ड लिन गएको वताए । साथै यसको सम्पूर्ण जिम्मेवारी अध्यक्ष आङछिरिङ शेर्पाले लिनुपर्ने लामाको भनाई छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।