logo

नेपाल पर्वतारोहण संघको ४५ औं वार्षिकोत्सव सम्पन्न

    1980   पटक पढिएको

१५ कात्तिक / अर्थ र व्यापार- नेपाल पर्वतारोहण संघ (एनएमए) को ४५ औं वार्षिकोत्सव सम्पन्न भएको छ । विहिबार संस्कृति, पर्यटन तथा नागरिक उडडयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले वार्षिकोत्सवको उद्घाटन गर्दै एनएमएले पर्वतीय पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको चर्चा गरे । सचिव देवकोटाले एनएमएको कार्यप्रति सरकार सकारात्मक रहेको भन्दै नयाँ नयाँ पीकहरुको प्रवद्र्धनको लागि प्रस्ताव लिएर आउन आह्वान समेत गरे ।

कार्यक्रममा एनएमएका अध्यक्ष सन्तबीर लामाले एनएमए स्थापनाको विभिन्न कालखण्डहरुको स्मरण गराउँदै संस्थाले मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउँदै आएको बताए । राज्यले अघि सारेको पर्यटन प्रवद्र्धन र विकासका योजना सफल पार्न एनएमएले पर्वतीय पर्यटन क्षेत्रमा खेलेको भूमिकाप्रति राज्य गम्भिर हुनुपर्नेमा उनले जोड दिए । कार्यक्रममा एनएमएका महासचिव कुलबहादुर गुरुङले एनएमएको स्थापनापछिका संस्थागत गतिविधि तथा वर्तमान कार्यसमितिले अघि बढाइरहेको कार्यप्रगतिका विषयमा तथ्यांकिय विवरणसहितको प्रस्तुती दिएका थिए ।

नेपाल पर्वतारोहण संघले नेपाल सरकारसँगको सहकार्यमा हालसम्म सयौंलाई बेसिक माउन्टेनियरिङ, एडभान्स माउन्टेनियरिङ, माउन्टेन लिडरशिप, माउन्टेन गाइड तथा एस्पीरेन्ट गाइड लगायतका महत्वपूर्ण टे«निङ दिएर पर्वतीय पर्यटन क्षेत्रलाई आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।