१२ असार / अर्थ र व्यापार- न्युरोड ट्राभल एण्ड टुर्स प्रा.लि.ले नेपाली र विदेशी पर्यटकहरुलाई स्तरीय सेवा दिने उद्देश्यले काठमाडौं–पोखरा चल्ने पर्यटक बस सञ्चालनमा ल्याएको छ । न्युरोड ट्राभलका प्रबन्ध निर्देशक सुजन आचार्यले नयाँ व्यवस्थापन सहित कम मुल्यमै स्वदेशी र विदेशी पर्यटकलाई स्तरीय सेवा दिने उद्देश्यले एसि सहित पर्यटक बस सञ्चालनमा ल्याएको वताए ।
न्युरोड ट्राभलले सञ्चालनमा ल्याएको बस सुपर डिलक्स एसि बस हो । बस भित्र एसि,मिनरल वाटर,मोवाईल चार्जर,पत्रपत्रिकाको व्यवस्था हुनुका साथै हिटिङ,प्राथमिक उपचार बक्स लगायतका सुविधाहरु छन । ग्राहकहरुले रु सात सय भाडामा काठमाडौं–पोखराको यात्रा गर्न सक्नेछन ।
तपाईको प्रतिक्रिया