६ असोज/अर्थ र व्यापार– सरकारले आउदो कात्तिक १ गतेदेखि विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ ।
आइतबार नेपाल उद्योग परिसंघले आयोजना गरेको भर्चुअल छलफलमा पर्यटनमन्त्री योगेश भट्टराईले आउदो कात्तिक १ गतेदेखि पर्यटन क्षेत्र खुला गर्दै विदेशी पर्यटकलाई आवागमन खोल्ने जानकारी दिए ।
छलफलमा मन्त्री भट्टराईले विदेशी पर्यटक भित्र्याउन अनअराइभल भिसा खोल्न लागिएको बताएका छन् ।
विष्वव्यापी कोभिड १९ संक्रमणसँगै नेपालले विदेशी पर्यटक आगमनमा प्रतिबन्ध लगाएको थियो ।
तपाईको प्रतिक्रिया