logo

नेपाली खानाको विश्वव्यापीकरण 

    1675   पटक पढिएको

 

कात्तिक ९ / अर्थ र व्यापार- काठमाडौं मुलुकका पर्यटन व्यवसायी तथा पर्यटनसँग सम्बद्ध संघसंस्थाहरूले मौलिक नेपाली खानाको अन्तराष्ट्यिकरण गर्ने अभियान सुरु गरेका छन् । हिमाली त्तजडिबुटीलाई मसलाको रूपमा प्रयोग गरी पकाइने खानाको रूपमा नेपाली खानालाई अन्तर्रा्ष्ट्रिय समुदायबीच स्थापित गराउने अभियानको लक्ष्य छ । होटल संघ नेपाल (हान)लगायतका संघसंस्थाको अगुवाइमा यो अभियान सुरु भएको हो ।

अभियान अन्तर्गत  नेपालका हिमाली, पहाडी, उपत्यका तथा तराईका मौलिक खानाको विस्तृत अभिलेख तीन महिनाभित्र तयार पारिने हानले जनाएको छ । यस्तै, संकलित अभिलेखमध्येबाट छनोटका स्पष्ट आधार र प्रक्रियाबाट पहिलो चरणमा २०  मौलिक नेपाली खानालाई आवश्यकता अनुसार परिस्कृत गरेर विस्तृत विवरण (आवश्यक सामग्री, पकाउने विधिसमेत) तयार पारी पुस्तक प्रकाशन गरिने उल्लेख छ ।

यस्तै, वेबसाइट, एप जस्ता सामाजिक सञ्जालमार्फत यसको सार्वजनिक गर्ने योजना छ । छनोट गरिएका २० मौलिक नेपाली खानालाई नेपाल पर्यटन बोर्ड, नेपाली नियोगहरू, गैरआवासीय नेपाली संघका सञ्जाल, युनेस्कोलगायतका सरोकारवाला संघ संस्थाको सहकार्यमा अन्तर्रा्ष्ट्रियस्तरमा निरन्तर प्रचारप्रसार र प्रवद्र्धन गर्ने योजना रहेको हानका कार्यकारी निर्देशक प्रवेश अर्यालले जानकारी दिए । यस्तै, स्वदेश तथा विदेशमा नियमित रूपमा नेपाली फूड फेस्टिभल जस्ता ठूला प्रवद्र्धनात्मक कार्यक्रमहरूको आयोजना गर्ने योजना रहेको उनको भनाइ छ ।

टानका अनुसार अभियान अन्तर्गत सम्भाव्यताको आधारमा क्रमिक रूपमा अन्तर्रा्ष्ट्रिय प्रवद्र्धन गरिने २० नेपाली मौलिक खानाहरूको संख्या बढाउँदै संसारभर नेपाली खाना पस्किने रेस्टुराँ, क्याटरिङ व्यवसाय बढाउन सरकार लगायत सम्बद्ध सबैसँग समन्वय र सहकार्य गर्ने उद्देश्य छ । कार्यक्रममा वरिष्ठ पर्यटनविद् कर्ण शाक्यले विश्वका ८० भन्दा बढी मुलुकमा फैलिसकेको नेपाली जातीको बसोबास तथा तिनले सञ्चालन गर्ने नेपाली रेस्टुराँ व्यवसाय तथा कतिपय देशका पाँचतारे होटलका सेफ लगायतका महत्वपूर्ण भूमिकामा रहेका नेपाली समुदायको सफलताले गर्दा नेपाली खाना संस्कृति संसारभर फैलाउन सकिने बताए ।

उनले नेपाली खानालाई अझ परिमार्जन र परिस्कृत गर्दै विश्वव्यापीकरण गर्नु नेपाल र नेपालीको हितका लागि आवश्यक रहेको बताए । हानका महासचिव विनायक शाहले समृद्ध खानाको संस्कृतिले देशको मान मर्यादा र पहिचान बढाउने, इतिहास र सभ्यताको साथ साथै रिति रिवाज र संस्कृतिको उजागर गर्दै पर्यटन विकासको बलियो आधार  तयार गर्न सक्ने हुँदा यी सकारात्मक लाभहरू नेपाली पर्यटन उद्योगमा थप्न नेपाली खाना विश्वव्यापीकरण गरिनु आवश्यक रहेको धारणा राखे ।

यस्तै, रेष्टुरेन्ट एन्ड बार एसोसिएसनका अध्यक्ष प्रमोद जैसवाललगायतका सेफ एसोसिएसनका पदाधिकारीहरूले विकासका व्यापक सम्भावना बोकेको नेपाली पर्यटनले पनि आफ्नो मौलिक खानालाई अन्तर्रा्ष्ट्रियकरण गरेर एउटा थप बलियो आधारको विकास गराउनु पर्ने धारणा राखे ।
अभियान सञ्चालनका लागि वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्यको संयोजकत्वमा प्रतिष्ठित सेफ, व्यवसायिक फुड टेक्नोलोजिस्ट, डाइटिसियनलगायत होटल संघ नेपाल, रेस्टुरेन्ट एण्ड बार एसोसिएसन अफ नेपाल र सेफ्स् एसोसिएसन अफ नेपाल लगायत सम्बद्ध सबै क्षेत्रको प्रतिनिधित्व भएको एक कार्यदलले कार्य प्रारम्भ गरेको जनाइएको छ ।कार्यदलले समयावद्ध ढंगले तोकिएको निश्चित समयभित्र काम गर्ने गराउनुका साथै विषयवस्तुसँग सरोकार राख्ने सबैसँग सहकार्य गरी कार्य गर्ने उल्लेख छ । यस्तै, अभियानको मूल उद्देश्य परिपूर्ति गर्न कार्यदलले विशुद्ध रूपमा स्वेच्छिक एवं गैरनाफामूलक ढंगले राष्ट्रिय हित प्रवद्र्धन गर्ने स्वार्थबाट मात्र अभिप्रेरित हुनेछ । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।