२ फागुन /अर्थ र व्यापार - नेपाल पर्यटन बोर्डद्वारा इजरायलमा नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार गरिएको छ । इजरालयमा भएको इन्टरनेशनल मेडिटेरिनियन टुरिज्म मार्केटमा नेपाल पर्यटन बोर्डले पनि स्टल राखेर नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार गरेको हो ।
नेपाल पर्यटन बोर्डसहित २ वटा नीजि कम्पनीले सहभागिता जनाएको मेलामा सहभागीले नेपालका पर्यटकिय गन्तव्यको बारेमा चासो राखेका थिए ।
यस्तै इजरायलमा रहेको नेपाली दूतावासको पहलमा स्थानीय होटलमा नेपाल भ्रमण वर्ष २०२० को बारेमा अन्तरक्रिया कार्यक्रम पनि भएको छ । अन्तरक्रियामा नेपाल भ्रमण गरेका इजरायलका पर्यटकले आफ्नो अनुभव आदान प्रदान गरेका थिए ।
गएको वर्ष नेपालमा ६ हजार ९ सय १३ जना इजरायली पर्यटक नेपाल घुम्न आएका थिए । नेपाल भ्रमण वर्षमा यो संख्या उल्लेख्य रुपमा बढाउने पर्यटन बोर्डले जनाएको छ ।
तपाईको प्रतिक्रिया