logo

नेपाल भ्रमण वर्ष–२०२०को युरोपबाट शुभारम्भ 

    1698   पटक पढिएको

२६ फागुन /अर्थ र व्यापार –युरोपको बर्लिनमा नेपाल भ्रमण वर्ष–२०२० शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रुपमा भ्रमण वर्ष युरोपको उद्घाटन गरेका छन् । 

उक्त अवसरमा जर्मनीका उच्च अधिकारी, टुर तथा ट्राभल व्यवसायी, कूटनैतिक समूदाय तथा जर्मनीस्थित नेपालीलगायत ३०० भन्दा बढीको उपस्थिति रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा श्रीलङ्काका पर्यटनमन्त्री जोहन अमरातुङगा, जमैकाका पर्यटनमन्त्री एडमुण्ड बार्टलेट तथा संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव डा टेलिब रिफाइको उपस्थिति थियो । 

सोही अवसरमा गएको फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको स्मृतिमा समवेदना व्यक्त गरिएको थियो । हिमालयन ट्रेल नामक पुस्तकका जर्मन लेखक पिटर हिन्ज तथा २५ वर्षसम्मा निरन्तर पर्यटन मेला आइटीबीमा पर्यटन बोर्डलाई सहयोग गर्दै आएका जर्मनीस्थत अवैतनिक पर्यटन प्रतिनिधि दिल गुरुङलाई कदरपत्रद्वारा सम्मान गरिएको थियो । 

राजदूत खनालले नेपाल भ्रमण वर्षको उद्देश्य अनुरुप सफलता हासिल गर्न सम्बन्धित सबैको सहयोगको आह्वान गर्दै त्यसका लागि राजदूतावासमा एक उच्चस्तरीय समिति गठन गरी जर्मनीलगायत युरोपका अन्य देशमा समेत नेपाली पर्यठन प्रवद्र्धनात्मक कार्यक्रम गरिने बताए । बोर्डका प्रमुख कार्यकारी अधिकृत जोशीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक नेपालमा स्वागत गर्न आवश्यक पूर्वाधारको विकास द्रुत गतिमा भइरहेको उल्लेख गर्दै अभियानलाई सार्थक बनाउन सबैको साथ सहयोग चाहिने खाँचो औँल्याए । 
जमैकाका पर्यटनमन्त्रीले नेपाल जीवनमा कम्तिमा एक पटक भ्रमण गर्नै पर्ने मुलुक रहेको तथा नेपाल र नेपाली जनतामा रहेको दृढ इच्छाशक्तिको प्रशंसा गरेका थिए । गैरआवासीय नेपाली सङ्गठन जर्मनीका तर्फबाट हरि न्यौपानेले भ्रमण वर्षलाई सफल तुल्याउन समन्वयात्मक ढङ्गले पर्यटन प्रवर्द्धन गरिने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।