logo

सरकारले नेपाल भ्रमण वर्ष २०२०मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य पुरा गर्न आवश्यक स्रोत साधन जुटाउने

    1355   पटक पढिएको

१६ पुस/ अर्थ र व्यापार  - सरकारले सन् २०२० का लागि नेपाल भ्रमण घोषणा गरी प्रचार प्रसार अभियानलाई अगाडि बढाएको छ । भ्रमण वर्षका लागि १०० नयाँ गन्तव्य समेत निर्धारण गरेको छ । निर्धारित भएका गन्तव्यलाई प्रचार प्रसार र आवश्यक भौतिक संरचनाको निर्माणका लागि प्रत्येक गन्तव्यमा २५ लाख रुपैयाँका दरले खर्च गर्ने योजना अगाडि सारेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटकीय गन्त्वयको विस्तारका लागि रकम विनियोजन गरेको हो । हरेक गन्तव्यमा ५० लाख रुपैयाँ खर्च गर्ने लक्ष्य रहेको भएपनि पहिलो चरणमा २५ लाख रुपैयाँ खर्च गर्न लागिएको मन्त्रालयले जनाएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले दीर्घकालीन पर्यटन प्रवद्र्धन गर्ने लक्ष्यका साथ नयाँ गन्तव्यको विकासका लागि रकम खर्च गर्न लागिएको बताए ।

उनले नेपाल भ्रमण सँगै आगामी दिनमा समेत निरन्तर पर्यटन प्रवद्र्धन गर्ने र भौतिक पूर्वाधारले क्रमशः मजबूत बनाउँदै लैजाने लक्ष्यका साथ बजेट विनियोजन गरिएको बताए । सरकारले चालु आवमा नयाँ गन्तव्य पहिचान तथा विकासका लागि भन्दै बजेटमा नै ५० करोड बजेट विनियोजन गरेको छ । यस्तै नेपाल टुरिजम बोर्ड तथा निजी क्षेत्रले समेत आवश्यक खर्च गर्ने तयारी गरेका छन् । आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धनका लागि समेत प्रभावकारी तवरले काम गर्ने लक्ष्य राखिएको छ ।

आर्थिक समृद्धिको आधार पर्यटन क्षेत्र हुन सक्छ र वैदेशिक मुद्रा भित्र्याउने प्रमुख आधार समेत पर्यटन नै हुन सक्ने लक्ष्यलाई केन्द्रमा राखेर काम अगाडि बढाइएको छ । सरकारले नेपाल भ्रमण वर्ष २०२० को संयोजकमा उद्योगपति सुरज वैद्यलाई यसअघि नै नियुक्त गरिसकेको छ । सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्राउने लक्ष्य राखिएको छ । सोही लक्ष्यलाई पूरा गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्ने र त्यसको संयोजन पर्यटन बोर्डले गर्ने छ । सरकारले आवश्यक साधन र स्रोत उपलब्ध गराउनेछ ।

 
 
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।