logo

पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापना गर्ने, थाल्यो तयारी 

    2180   पटक पढिएको

२८ पुस/अर्थ र व्यापार– नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापनाका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाएको छ ।

बोर्डका सीइओ डा. धनन्जय रेग्मीले सात वटै प्रदेशमा बोर्डले आफ्नो कार्यालय खोल्ने तयारी गरेको जानकारी दिए।

प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बोर्डले कार्यालय स्थापना गर्ने उनले जानकारी दिए।

पर्यटन बोर्ड प्रदेशसम्म पुग्नुपर्छ भन्ने भावनाका साथ कार्यालय खोल्न बताउँदै प्रदेश सरकारले सहयोग गर्ने प्रदेशमा समन्वयमै कार्यालय खोल्ने नभए स्वतन्त्र रुपमा कार्यालय खोल्ने बताए ।

कोरोना महामारीका कारण पर्यटक आगमन बन्द भई बोर्डको आम्दानी नभएको अवस्थामा पनि बोर्डले प्रदेश कार्यालय स्थापनाको प्रक्रिया अगाडी बढाएको हो ।

बजेट अभावका बाबजुत बोर्डले चालु आर्थिक वर्षको बजेटमा प्रदेश कार्यालय स्थापनाको प्रयोजनका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सीइओ रेग्मीका अनुसार यो रकम अपुग हुने अवस्थामा तालुक मन्त्रालयसँग हरेक प्रदेशका लागि १–१ करोड रुपैयाँ बजेट माग गरिएको बताए ।

सीइओ रेग्मीले प्रदेशस्तरमा हुने पर्यटन प्रवर्द्धनका लागि बोर्डको प्रदेश स्तरीय संरचना आवश्यक रहेको निष्कर्षमा पुगिएकोे बताए ।

तर प्रदेशहरुले भने केन्द्रीय पर्यटन बोर्डको साटो आफ्नै संरचनाको बोर्डको परिकल्पना गरी कार्यान्वयन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।