२८ असोज/अर्थ र व्यापार– कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि नेपाल पर्यटन बोर्डको कार्यलय चार दिनका लागी बन्द गरिएको छ ।
बोर्डले एक सूचना जारी गर्दै चार दिनका लागि ट्रेकिङ परमिट बाहेक सबै काम बन्द गरिएको जनाएको हो ।
बोर्डका कर्मचारीमा मंगलबार संक्रमण भएको पुष्टि भएपछि कार्यालय निर्मलीकरणको काम थालिएको बोर्डले जनाएको छ ।
बोर्डले भेला, भेटघाट लगायतका कार्यालयमा हुने सबै गतिविधि हाललाई स्थगित गरेको बोर्डद्धारा जारी सुचनामा उल्लेख छ ।
बोर्डको कार्यालयमा सर्वसाधारणको प्रवेशमा रोक लगाइएको भएपनि ट्रेकिङ परमिट सेवा भने उपलब्ध गराउने बोर्डले जनाएको छ ।
तपाईको प्रतिक्रिया