१५ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा समाजवादी पार्टी नेपाल निकट नेपाल पर्यटन परिषद्ले कामिरिन्जी शेर्पाको अध्यक्षतामा छुट्टै प्यानल निर्माण गर्ने भएको छ । शेर्पा टानका पूर्व उपाध्यक्ष समेत हुन ।
त्यसैगरि परिषद् महासचिवमा चेवन देवकोटालाई उठाउने निर्णय गरेको छ । त्यसैगरी अन्य पदाधिकारी र सदस्यहरुमा डि.बि.लिम्बु,हरि कडरिया,गोविन्द प्रसाद पन्त लगायतलाई उठाउने तयारी भईरहेको परिषद्का गोविन्द प्रसाद पन्तले अर्थ र व्यापारलाई वताए । आईतवार बेलुकासम्म सम्पूर्ण उम्मेदवारहरुको निर्णय हुने उनले वताए ।
तपाईको प्रतिक्रिया