logo

ट्रेकिङ र पर्वतारोहण गर्न आउने पर्यटकलाई पर्यटन बोर्ड र विभागको सिफारिसमा भिसा 

    2159   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– सरकारले ट्रेकिङ र पर्वतारोहणमा आउने विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । 

विष्वव्यापी कोभिड १९ संक्रमणसँगै नेपालले विदेशी पर्यटक आगमनमा प्रतिबन्ध लगाएको थियो । 

पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्राभल एजेन्सीमार्फत बुकिङ गरी ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने बताए ।

गृहमन्त्रालय र अध्यागमन विभाग सँग भएको छलफलमा पर्वतारोहणका लागि पर्यटन विभाग र पदयात्राका लागि पर्यटन बोर्डको सिफारिसमा पर्यटकलाई भिसा उपलब्ध गराउने निर्णय गरेका हो । 

पर्यटन मन्त्रालयले पर्वतारोहण र पदयात्राका लागि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि मापदण्ड सहित नौ वटा शर्त लागू गरेको छ । 

मापदण्ड अनुसार पर्यटकले नेपाल अवतरण भएपछि पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, भ्रमण स्वीकृत पत्र, सात दिन होटल क्वारेन्टाइनका लागि बुकिङ गरेको पत्र, पाँच हजार डलर बराबरको कोभिड विमा गरिएको पत्र बुझाएपछि भिसा पाउनेछन् ।

सरकारले ६ महिनापछि ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने निर्णय गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।