logo

ट्रेकिङ र पर्वतारोहण गर्न आउने पर्यटकलाई पर्यटन बोर्ड र विभागको सिफारिसमा भिसा 

    2397   पटक पढिएको


१४ असोज/अर्थ र व्यापार– सरकारले ट्रेकिङ र पर्वतारोहणमा आउने विदेशी पर्यटकलाई नेपाल आउन खुला गर्ने भएको छ । 

विष्वव्यापी कोभिड १९ संक्रमणसँगै नेपालले विदेशी पर्यटक आगमनमा प्रतिबन्ध लगाएको थियो । 

पर्यटन सचिव केदारबहादुर अधिकारीले ट्राभल एजेन्सीमार्फत बुकिङ गरी ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने बताए ।

गृहमन्त्रालय र अध्यागमन विभाग सँग भएको छलफलमा पर्वतारोहणका लागि पर्यटन विभाग र पदयात्राका लागि पर्यटन बोर्डको सिफारिसमा पर्यटकलाई भिसा उपलब्ध गराउने निर्णय गरेका हो । 

पर्यटन मन्त्रालयले पर्वतारोहण र पदयात्राका लागि नेपाल भ्रमणमा आउने विदेशी पर्यटकका लागि मापदण्ड सहित नौ वटा शर्त लागू गरेको छ । 

मापदण्ड अनुसार पर्यटकले नेपाल अवतरण भएपछि पिसीआर परीक्षणको नेगेटिभ रिपोर्ट, भ्रमण स्वीकृत पत्र, सात दिन होटल क्वारेन्टाइनका लागि बुकिङ गरेको पत्र, पाँच हजार डलर बराबरको कोभिड विमा गरिएको पत्र बुझाएपछि भिसा पाउनेछन् ।

सरकारले ६ महिनापछि ट्रेकिङ र पर्वतारोहणमा आउने पर्यटकलाई पर्यटन बोर्ड र पर्यटन विभागको सिफारिसमा अध्यागमन विभागले भिसा दिने निर्णय गरेको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।