logo

नेपाल पर्वतारोहण संघको निर्वाचनका लागी जिम्बा जाङबु प्यानल घोषणा

    2286   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार- आगामी साउन २१ हुने नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि नेपाली कांग्रेस र नयाँ शक्ति निकट व्यवसायिहरुको समर्थनमा जिम्बा जाङ्बु शेर्पाको नेतृत्वमा प्यानल घोषणा भएको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको शेर्पाको नेतृत्वको प्यानल घोषणा गरिएको हो । जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा निमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहेका छन । त्यस्तै सदस्यहरुमा डा.हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहेका छन ।

अध्यक्षका प्रत्यासि जिम्बा जाङबु शेर्पाले आरोही पेशेवरहरुको हक हितलाई बढाउने, निमार्णाधिन अन्तराष्ट्रियस्तरको भवन पुरा गर्ने तथा हिमाल जोगाउन व्यवसायिहरुको ऐक्यवद्धताको लागि आफुले काम गन बताए ।  त्यस्तै महासचिव पदका उम्मेदवार संचार माध्यमको दैनिक समाचारमा एनएमएको गतिविधि आइरहने गरी काम गर्न आफ्नो उम्मेद्धवारी दिएको वताए ।

कार्यक्रममा निट नेपालका अध्यक्ष दिपक महतले पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्नको लागी आफुहरु तयार रहेपनि एमाले र माओवादी पार्टीले आफना केन्द्रिय सदस्य पठाएर हस्तक्षेप गरेकोले सहमतिय सम्भावना टरेको वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।