logo

नेपाल पर्वतारोहण संघको निर्वाचनका लागी जिम्बा जाङबु प्यानल घोषणा

    2658   पटक पढिएको

१६ साउन / अर्थ र व्यापार- आगामी साउन २१ हुने नेपाल पर्वतारोहण संघको निर्वाचनका लागि नेपाली कांग्रेस र नयाँ शक्ति निकट व्यवसायिहरुको समर्थनमा जिम्बा जाङ्बु शेर्पाको नेतृत्वमा प्यानल घोषणा भएको छ । 

सोमबार आयोजित पत्रकार सम्मेलन मार्फत दिइएको शेर्पाको नेतृत्वको प्यानल घोषणा गरिएको हो । जिम्बा जाङबु शेर्पा प्यानलको प्रथम उपाध्यक्षमा भूमीलाल लामा, द्वितीय उपाध्यक्षमा निमी शेर्पा, महासचिवमा कुलबहादुर गुरुङ, सचिवमा पी. छेवाङ शेर्पा र कोषाध्यक्षमा बिमल कुमार नहर्की रहेका छन । त्यस्तै सदस्यहरुमा डा.हरि श्रेष्ठ, आङ छेवाङ शेर्पा, तुलसी गुरुङ, पेम्बा दोर्जे शेर्पा, दुर्गानाथ (बलराम) न्यौपाने, मुकुन्दप्रसाद पोखरेल, दा गेल्जे शेर्पा, ल्हाक्पा तेन्जी शेर्पा र देवी पन्त रहेका छन ।

अध्यक्षका प्रत्यासि जिम्बा जाङबु शेर्पाले आरोही पेशेवरहरुको हक हितलाई बढाउने, निमार्णाधिन अन्तराष्ट्रियस्तरको भवन पुरा गर्ने तथा हिमाल जोगाउन व्यवसायिहरुको ऐक्यवद्धताको लागि आफुले काम गन बताए ।  त्यस्तै महासचिव पदका उम्मेदवार संचार माध्यमको दैनिक समाचारमा एनएमएको गतिविधि आइरहने गरी काम गर्न आफ्नो उम्मेद्धवारी दिएको वताए ।

कार्यक्रममा निट नेपालका अध्यक्ष दिपक महतले पर्यटन व्यवसायलाई राजनीतिबाट मुक्त गर्नको लागी आफुहरु तयार रहेपनि एमाले र माओवादी पार्टीले आफना केन्द्रिय सदस्य पठाएर हस्तक्षेप गरेकोले सहमतिय सम्भावना टरेको वताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।