logo

पर्यटकसंग रकम असुल्ने पासाङ ल्हामु गाउँपालिकाको विरोधमा पर्यटन व्यवसायि एकजुट

    2149   पटक पढिएको

२ असोज /  अर्थ र व्यापार- आफ्नो गाउँपालिका भित्र प्रवेश गरेवापत प्रति विदेशी पर्यटक संग दुई हजार रुपैयाँ शुल्क असुल गर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिकाको निणर्यको विरोधमा पर्यटन व्यवसायिहरु एकजुट भएका छन । गत असार २५ गते गाउँपालिकाको बैठकले गरेको सो निर्णयको विषयमा नेपाल पर्यटन व्यवसायि संघ (निट नेपाल) ले गरेको छलफल कार्यक्रममा पर्यटन व्यवसायिहरुले सो निर्णय आँफुहरुलाई मान्य नहुने वताएका हुन । 

कार्यक्रममा नेपाल पर्यटन व्यवसायि संघ (निट नेपाल) का अध्यक्ष दिपक महतले नेपालको पर्यटन व्यवसाय धराशयी बनाउने कुनै पनि प्रकारको निणर्यहरु आँफुहरुलाई मान्य नहुने वताए । “एउटा गाउँपालिकाले नेपाल पर्यटन वोर्ड ऐनका आधारमा सञ्चालमा आएको टिम्सलाई चुनौति दिनु भनेको पुच्छरले जिउ चलाउने दुस्साहस हो”–महतले भने । कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य राजेन्द्र प्रसाद सापकोटाले सवै गाउँपालिकाले पर्यटक संग दुई दुई हजार रुपैयाँ उठाउने हो भने ट्रेकिङ कम्पनीहरु बन्द गर्नुपर्ने वताउँदै प्रदेश र संघले पर्यटन गुरुयोजना निर्माणमा ध्यान दिनुपर्ने तर पर्यटक संग शुल्क असुल्ने अधिकार दिन नहुने वताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का अध्यक्ष चन्द्र रिजालले टिम्सका वारेमा व्यवसायिहरुमा फरक मत रहेका कारण पनि यो समस्या आएको वताए । ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डेले टानले गाउँपालिकाको पत्र पाउनासाथ सो विषयमा छलफल चलाउन आवश्यक रहेकोमा त्यसो हुन नसकोको वताए ।

ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव मोहन लम्सालले यसरी गाउँपालिकाहरुले पर्यटकहरु संग पैसा असुल्दै जाने हो भने नेपाल महँगो प्याकेज लिएर विश्व पर्यटन वजारमा जान नसक्ने भन्दै संविधान संसोधन गरेर भएपनि यो विषयको समाधान खोज्नुपर्ने वताए । त्यस्तै नेपाल पर्यटन व्यवसायि संगठनका संयोजक नवराज दाहालले यो निर्णय लागु भए पदयात्रा पर्यटन व्यवसाय धरापमा पर्ने वताए । कार्यक्रममा युवा पर्यटन व्यवसायि राजन सिंखडाले पर्यटन पूर्वाधार निर्माणको विषयमा समग्र पर्यटन क्षेत्र एक नभए सात लाख भन्दा वढि पर्यटक नेपाल ल्याउन मुस्किल पर्ने वताए ।

छलफल कार्यक्रमको अन्त्यमा बोल्दै पर्यटन विभागका निर्देशक सविन ढकालले यो समस्या संघियतामा जाँदाको संक्रमणकालिन समस्या भएको वताए । उनले संविधानले स्थानिय निकायले पर्यटक सेवा शुल्क उठाउने अधिकार दिएको भन्दै पर्यटन व्यवसायको दृष्टिकोणले यो उपयुक्त नभएका कारण पर्यटन शुल्क कुन निकायले उठाउने भन्ने विषयमा छलफल गर्न जरुरी रहेका वताए ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व उपाध्यक्ष तथा निटका उपाध्यक्ष केशव पाण्डेले यो विषयले नेपालको पदयात्रा पर्यटन क्षेत्रमा दिर्घकालिन असर पार्ने भन्दै यस विषयमा छलफल गर्नुपर्ने आवश्यकता देखिएको कारण निटले अग्रसरता देखाएको वताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।