१८ पुष/ अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को आगामी माघ ३ गते हुने निर्वाचनको लागी तीन समुह बिच प्रतिस्पर्धा हुने देखिएको छ । नाट्टाको अध्यक्षका लागी वर्तमान बरिष्ठ उपाध्यक्ष अच्युत शर्मा गुरागाईं, पूर्व उपाध्यक्ष डि.के शर्मा र पूर्व महासचिव मिहिका धाख्वा शाहको तयारी रहेको देखिएको छ ।
उम्मेदवारी दर्ता गर्ने समय पौष २२ गते नजिकै आईसकेपनि कुनै पनि समुहले टिम निर्माण गर्न सकेका छैनन । करिव ५ सय पनि सदस्य नभएको संस्थामा व्यक्तिगत ईगो र कसैले कसैलाई नस्विकार्ने अवस्था देखिएको कारण तीन समुह निर्माण हुने परिस्थिति आएको नाट्टाका एक पूर्व अध्यक्षले अर्थ र व्यापारलाई वताए ।
पर्यटन क्षेत्रमा हुने अन्य निर्वाचनमा राजनितिक दल निकट व्यवसायिका संस्थाहरु सक्रिय रहने भएपनि यसपटकको नाट्टा निर्वाचनमा उनीहरुको भुमिका खासै देखिएको छैन । अध्यक्षमा उठ्न चाहने तीनै जनालाई कार्यसमिति निर्माण गर्न नै सकस भएको र उम्मेदवार मनोनयन गर्ने दिनसम्म को कता जाने हो भन्ने टुंगो नरहेको व्यवसायीहरु नै वताउँछन ।
तपाईको प्रतिक्रिया