logo

नाट्टा सचिवालयमा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर अनावरण

    2135   पटक पढिएको

१५ पौष / अर्थ र व्यापार- नेपाल भ्रमण वर्षको पूर्व सन्ध्यामा नेपाल एशोसिएशन अफ टूर एण्ड ट्राभल एजेन्ट्स      (नाट्टा) ले मंगलवार नाट्टा सचिवालय गैह्रिधारामा नेपाल भ्रमण वर्ष २०२० को ब्यानर अनावरण गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मंत्रालयका सह–सचिव रुद्रसिंह तामाङले व्यानर अनावरण गर्दै भ्रमण वर्ष सफलताको कामना सहित केक काटे ।

नाट्टाका अध्यक्ष सि.एन. पाण्डेले नेपाल भ्रमण वर्ष २०२० को समुद्घाटन कार्यक्रममा सरिक हुन जनवरी १, २०२० का दिन, दिनको १ः३० बजे ठमेल संचयकोष भवनमा भेला भई आ–आफ्नो ब्यानर तथा राष्ट्रिय झण्डा, साँस्कृतिक झाँकी, बाजा–गाजाको ¥याली सहित भ्रमण वर्ष समुद्घाटन कार्यक्रमस्थल दशरथ रंगशाला तर्फ प्रस्थान गर्ने कार्यक्रममा साथ दिन सम्पूर्ण उद्योगी व्यवसायी, पर्यटन क्षेत्रका संघ–संस्था र सदस्यहरु तथा सर्वसाधारण सबैमा अनुरोध गरे ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारीहरु,नाट्टाका पूर्व अध्यक्षहरु, पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरु, नाट्टा कार्य समितिका पदाधिकारी र सदस्यहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।