logo

फेक रेस्क्युका समाचारका कारण भ्रमण वर्षलाई नकारात्मक असर पर्ने नाट्टाको ठहर

    1434   पटक पढिएको

१५ माघ / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले फेक रेस्क्युका सम्बन्धमा प्रकाशित समाचारहरुले नेपालको समग्र पर्यटन क्षेत्रलाई प्रतिकुल प्रभाव पार्ने मात्र नभै नजिकिदै गएको नेपाल भ्रमण बर्ष २०२० लाई समेत नकारात्मक असर पार्ने ठहर गरेको छ । नाट्टाका अध्यक्ष सि.एन.पाण्डेद्वारा जारी विज्ञप्तिमा यस्ता क्रियाकलापहरु रोक्न र नेपाली पर्यटन व्यवसायलाई थप क्षति हुन बाट जोगाउन नेपाल सरकारसंग अपिल गरिएको छ । 

नाट्टाले नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट गठित कार्यदलले आप्mनो प्रतिवेदन बुझाई सो को आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापहरुमा पर्यटकलाई पर्न सक्ने प्राकृतिक वा अन्य विपत्तिहरुबाट हुने प्रभावलाई न्यूनिकरण गरि खोज उद्दार तथा उपचार कार्यलाई व्यवस्थित गर्र्न पर्यटक खोज, उद्दार, उपचार तथा अनुगमन सम्बन्धि कार्यविधि–२०७५ लागू गरि सकेको अवस्थामा केहि संचार माध्यमहरुमा पदयात्रा तथा पर्वतारोहण र उद्दार सम्बन्धी समाचारहरु प्रकाशित भएको प्रति गम्भिर ध्यानाकर्षण भएको जनाएको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।