३ आश्विन / अर्थ र व्यापार- विश्व पर्यटन दिवसको अवसर पारेर नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नाट्टा मैत्रीपूर्ण फुटसलको आयोजना गरेको छ । शुक्रवार एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पा, नाट्टाका अध्यक्ष सि.एन.पाण्डे, पूर्व अध्यक्ष अर्जुन शर्मा र मिस टुरिजम–२०१९ आरजु पोखरेलले संयुक्त रुपमा मैत्रीपूर्ण फुटसलको उद्घाटन गरे ।
विश्व पर्यटन दिवसको अवसरमा नाट्टाले विभिन्न कार्यक्रमहरु आयोजना गरि सप्ताहव्यापी रुपमा विश्व पर्यटन दिवस मनाउने नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले वताए । फुटसलको उद्घाटन गर्दै एन्फाका अध्यक्ष शेर्पाले आगामी वर्षदेखि एन्फाले नाट्टा फुटसललाई एन्फाको क्यालेन्डरमै राखेर अझ बृहत र भव्य रुपमा आयोजन ागर्ने प्रतिवद्धता व्यक्त गरे ।
नाट्टा मैत्रीपूर्ण फुट्सलमा एयरलाईन्स,ट्राभल एण्ड टुर्स,जिडिएस सहित दश वटा पुरुष र तीनवटा महिला समुह सहभागी भएको नाट्टा मैत्रीपूर्ण फुटसलका संयोजक समेत रहेका नाट्टाका कार्यसमिति सदस्य सुदर्शन नेपालले वताए । फुटसलले नाट्टा र यससंग जोडिएका विभिन्न पक्षहरु विचमा मैत्रीपूर्ण सम्बन्ध विस्तारमा समेत सहयोग पु¥याउने अपेक्षा रहेको संयोजक नेपालले वताए ।
तपाईको प्रतिक्रिया