logo

चीनियाँ पर्यटकको वृद्धि गर्न नाट्टामा मेरो उम्मेदवारी : सदस्यका उम्मेदवार नेपाल

    6193   पटक पढिएको

२४ पुष / अर्थ र व्यापार- आगामी पुष २८ गते हुने नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनमा विगत करिब एक दशक देखि नेपालमा चनियाँ पर्यटकहरु भित्र्याउँदै आएका नेपाल विग माउण्टेन ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक सुदर्शन नेपालले सदस्य पदमा उम्मेदवारी दिएका छन । ट्रेकिङ एक्सप्लोरेशन ईन हिमालय प्रा.लि.का समेत प्रबन्ध निर्देशक रहेका युवा पर्यटन व्यवसायि नेपालले सि.एन.पाण्डे समुह वाट सदस्य पदमा उम्मेदवारी दिएका हुन ।

“नेपालमा वार्षिक रुपमा ५० लाख पर्यटक भित्र्याउने बहस भईरहँदा त्यसको ठूलो हिस्सा चीनियाँ पर्यटकहरु नेपाल भित्र्याउन नसके हामी त्यो संख्यामा पर्यटक नेपाल आकर्षित गर्न सक्दैनौं”–नेपालले अर्थ र व्यापार संग भने–“विगत लामो समय देखि नेपालमा चीनियाँ पर्यटकहरु भित्र्याईरहेको अनुभव नाट्टामा गएर प्रयोग गरौं भनेर मैले सदस्य पदमा उम्मेदवारी दिएको हुँ ।”

हाल चीनको जनसंख्या १ अर्व ३० करोड रहेकोमा ७० करोड जनसंख्या ईन्टरनेटको पहुँचमा रहेकोले त्यसको केहि प्रतिशत मात्र नेपाल भित्र्याउन सके पनि नेपालको पर्यटन क्षेत्रले फड्को मार्ने उनको विश्वास छ । त्यसको लागी दैनिक आठ वटा मात्र उडान रहेकोमा त्यसलाई वृद्धि गर्न आवश्यक रहेको उनले वताए । त्यसवाहेक नेपाल एयरलाईन्सले चीनका विभिन्न सहरहरुमा सीधा उडान गर्न सके त्यो निकै फलदायी हुने उनको विश्वास छ ।

त्यसवाहेक स्थलमार्गमा अहिले खुल्ला रहेको केरुङ नाकालाई व्यवस्थित गर्दै सडकको अवस्थामा सुधार ल्याउन आवश्यक रहेको उनले वताए । त्यसवाहेक तातोपानी,मुस्ताङ र अन्य नाकाहरु सञ्चालनमा ल्याउन नाट्टामा गएर आँफुले पहल गर्न नाट्टामा आँफुले उम्मेदवारी दिएको उनले वताए ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।