३ बैशाख / अर्थ र व्यापार- यहि अप्रिल १६ देखि २४ सम्म चीनमा हुने नाट्टा चाईना सेल्स मिसनमा सहभागी हुन नेपाली पर्यटन व्यवसायीहरुको टोली चीन प्रस्थान गरेको छ । नाट्टाका सदस्य तथा मिसनका संयोजक सुदर्शन नेपालको संयोजकत्वमा १७ जना होटल तथा ट्राभल व्यवसायीहरु चीन मंगलवार चीन प्रस्थान गरेको नाट्टाका महासचिव रमेश थापाले वताए ।
यसपटक सेल्स मिसन चीनका चारवटा सहरहरु बेईजिङ,ग्वान्झाउ,हाङछा र छेन्दुममा हुने सेल्स मिसनका संयोजक सुदर्शन नेपालले अर्थ र व्यापारलाई वताए । सेल्स मिसनले नेपालमा चीनियाँ पर्यटकहरुलाई आकर्षित गर्न र नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल पार्न सहयोग पु¥याउने महासचिव थापाले वताए ।
तपाईको प्रतिक्रिया