२७ चैत्र / अर्थ र व्यापार- नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा) र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहार (एब्टो) भारत बीच दुई देशमा बुद्धिष्ट पर्यटक प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको छ । नाट्टाका अध्यक्ष सि.एन पाण्डे र एशोसियशन अफ बुद्धिष्ट टुर्स अपरेटर विहारका महासचिव डा.कादेश कुमार बीच सोमबार दुई देशको बुद्धिष्ट पर्यटन प्रवद्र्धन गर्ने विषयमा सम्झौता भएको हो ।
नेपाल र भारत दुबै बुद्धिष्ट धर्मावलम्बीहरुको लागि महत्वपूर्ण क्षेत्र भएकाले भारतमा आउने पर्यटक नेपालमा ल्याउने र नेपालमा आएका पर्यटक भारतमा लैजाने गरी सम्झौता भएको नाट्टाका अध्यक्ष सि.एन पाण्डेले वताए । पाण्डेले बुद्धिष्ट हेरिटेज साइटको संरक्षण गर्दै बुद्धिष्ट पर्यटकको क्षमता अभिवृद्धिमा सँगै अगाडि बढ्ने विषयमा छलफल भएको वताए ।
तपाईको प्रतिक्रिया