२३ पुस/अर्थ र व्यापार– हिउँदे सिजनमा ६ वटा हिमाल आरोहण गर्नका लागि कुल १६ जनाले आरोहण अनुमति लिएका छन् ।
पर्यटन विभागको सोमबारसम्मको तथ्यांकअनुसार हिउँदे सिजनका लागि अमादब्लम (६८१४ मि), लुजा पिक (५७२६मि), सुर्मा सरोवर (६५२३), मि क्याङ्गु री (६५०६) मि र रोकापी (५४६७ मि) हिमाल चढ्न आरोहण अनुमति जारी भएको छ ।
हिउँदे सिजनमा आरोहणका लागि प्राविधिक रुपमा निकै कठिन मननिने आमादब्लम हिमाल चढ्नका लागि दुई टोलीको ६ पुरुष र २ महिला आरोही गरी कुल ८ जनाले अनुमति पाएका छन् ।
यसपटक हिउँदे सिजनमा जारी आरोहण अनुमतिबाट ३ लाख ३८ हजार १ सय २८ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।
गत शरद ऋतुमा भने ८ टोलीका ५८ जना आरोहीले आरोहण अनुमति लिएका थिए । त्यसमध्ये ५१ पुरुष र ७ महिला थिए ।
अघिल्लो सिजनबाट सरकारले ३३ लाख ७ हजार ४ सय ८२ रुपैयाँ रोयल्टी प्राप्त गरेको थियो ।
तपाईको प्रतिक्रिया