logo

सबै धार्मिक तथा सांस्कृतिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न हुने

    2188   पटक पढिएको


१२ मंसिर/अर्थ र व्यापार– संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री योगेश भट्टराईले भूकम्पबाट क्षति पुगेका सबै सांस्कृतिक तथा धार्मिक सम्पदाको पुनर्निर्माण २ वर्षभित्र सम्पन्न गरिने बताएका छन् । 

बिहीवार नारायणहिटी नजिक रहेको चतुव्यूह नारायण मन्दिर प्रवेशद्वार उद्घाटन गर्दै मन्त्री भट्टराईले भूकम्पले क्षति पु¥याएका १ हजार सम्पदामध्ये ५०० भन्दा बढीको निर्माण सम्पन्न भएको जानकारी दिए ।

मन्त्री भट्टराईले रानीपोखरी, दरबार हाईस्कुल, पाटन, पशुपतिक्षेत्र लगायत अधिकांश क्षेत्रको पुनर्निर्माण सम्पन्न भएको भन्दै उनले २२ तले धरहराको पुनर्निर्माण पनि १८ तलासम्म पूरा भएको जानकारी दिए । 

काठमाडौं उपत्यका मन्दिरै मन्दिर भएको ठाउँ तथा र विश्वसम्पदा सूचीमा सूचीकृत धेरै धार्मिकस्थल पर्यटकलाई भ्रमणमा सहज बनाउन सर्किटको रूपमा विकास गर्न लागिएको मन्त्री भट्टराईले जानकारी दिए ।

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले काठमाडौंको नागपोखरी आसपासमा रहेका एक सय वर्षभन्दा पुराना सातओटा घरको संरक्षण गर्न सरकारसँग माग गरे । 

पूर्वस्वास्थ्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य थापाले पशुपतिदेखि नारायणहिटी दरबारसम्मका विभिन्न पुरातात्विक सांस्कृतिक सम्पदाहरूको एउटै प्याकेज बनाएर संरक्षण गर्न उनले मन्त्री भट्टराईसँग अनुरोध समेत गरे ।

पूर्वरक्षामन्त्री तथा प्रतिनिधिसभा सदस्य भीमसेनदास प्रधानले नारायण मन्दिर लिच्छवीकालीन भएकाले संरक्षण गर्नुपर्नेमा जोड दिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।