logo

नाट्टाद्धारा पर्यटन क्षेत्रको विकासको लागि हवाई क्षेत्रको विस्तार गर्न माग

    2127   पटक पढिएको

१ भदौ/अर्थ र व्यापार–  नेपाल एशोसिएशन टुर्स एण्ड ट्राभल (नाट्टा) र नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकहरु बिच आज भेटवार्ता भएको छ ।  

नाट्टाका अध्यक्ष सीएन पाण्डेको नेतृत्वमा नेपाल वायुसेवा निगमका प्रबन्ध निर्देशक तथा उच्च व्यवस्थापकलाई भेटेर नेपालको पर्यटन क्षेत्रको विकासका लागि राष्ट्रिय ध्वजावाहकको क्षमता अभिवृद्धि गर्न माग गरेको छ ।  

साथै नाट्टाले विदेशी विमान सेवासँग साझेदारीका लागि पहल गर्न पनि माग गरेको छ ।
नाट्टाले तेस्रो मुलुकलगायत युरोप, अमेरिकाजस्ता देशका शहरमा हाल नेपाल वायुसेवा निगमको सेवा नगन्य रुपमा रहेको हुँदा त्यस्ता गन्तव्यमा समेत सेवा विस्तार गर्न माग गरेको छ ।

नाट्टाले निगमद्वारा प्रदान गरिने आन्तरिक हवाई सेवाको भाडादर महङ्गो भएको, प्रमुख पर्यटकीय स्थलमा जानसमेत नमान्ने गरेको उल्लेख गर्दै सहज सेवा प्रदान गर्न र स्तरीय भाडादर कायम गर्न आग्रह गरेको छ ।

यस्तै, वायुसेवा निगमबाट सञ्चालित उडान ढिला हुने गरेकाले तत्काल यसको सम्बोधन हुनुपर्नेमा पनि नाट्टाले जोड दिएको छ ।
नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईले छिमेकी मुलुक चीनका विभिन्न शहरमा उडान भर्दा जहाज महङ्गो भएको भन्दै चीनसँग सिधा उडान भर्न सके नेपालमा चिनियाँ पर्यटक धेरै भित्राउन सकिने बताए । 

कंसाकारले नयाँ जहाज किन्नका लागि अर्थ मन्त्रालयबाट रु ६ अर्ब विनियोजन हुने प्रक्रियामा रहेको बताए ।  उनले रकम विनियोजन भएपछि नयाँ जहाज आउने र त्यसले पर्यटन विकासमा ठूलो सहयोग पुग्ने बताए । प्रबन्ध निर्देशक कंसाकारले तत्काल कोरिया, जापानलगायत मुलुकमा पनि निगमले सेवा विस्तार गर्ने बताए ।

भेटका क्रममा प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले नाट्टाले राखेको माग यथाशक्य चाँडो सम्बोधन हुने बताए । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।