logo

मानसरोवरमा सयौं पर्यटक बिरामी, खराब मौषमका कारण उद्धारमा ढिलाई 

    1654   पटक पढिएको

१९ आषाढ/अर्थ र व्यापार– अक्सिजनको कमी र खराब मौषमका कारण मानसरोवर यात्रामा गएका सयौं पर्यटक बिरामी परेका छन् । 
तर केही दिनदेखि वर्षात हुँदा हवाई उडान हुन सकेको छैन । जस्ले गर्दा पर्यटकहरु अलपत्र परेका छन् भने उद्धार कार्यमा ढिलाई हुन गएको छ । वर्षात भएपछि पर्यटकलाई अहिले ट्राभल एजेन्सीहरुले विभिन्न होटलमा राखिरहेका छन् ।

यता भारतीय राजदूतावासले विज्ञप्ति जारी गरी पाँच सय २५ तीर्थयात्री सिमीकोट र पाँच सय ५० हिल्सामा रोकिएको जानकारी दिएको छ । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधि त्यसतर्फ लागेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नयाँ दिल्लीबाट प्रकाशन हुने नवभारत टाइक्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक हजार पाँच सयभन्दा बढी भारतीय यात्री अलपत्र परेका छन् । तीमध्ये पाँच सय २५ सिमीकोटमा, पाँच सय ५० हिल्सामा र तिब्बततर्फ पाँच सय छन् ।

माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले केही दिनदेखि परेको वर्षातका कारण हेलिकप्टरले उडान भर्न नसक्दा बिरामीको उद्धार गर्न समस्या भएको बताए । ‘आज मौसम केही खुलेकाले नेपालगञ्जबाट सीता एयरका दुई ओटा जहाज सिमीकोट गएका छन् । महाप्रबन्धक ओलीले भने, ‘आज उनीहरुको उद्धार हुन्छ ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।