logo

मानसरोवरमा सयौं पर्यटक बिरामी, खराब मौषमका कारण उद्धारमा ढिलाई 

    1380   पटक पढिएको

१९ आषाढ/अर्थ र व्यापार– अक्सिजनको कमी र खराब मौषमका कारण मानसरोवर यात्रामा गएका सयौं पर्यटक बिरामी परेका छन् । 
तर केही दिनदेखि वर्षात हुँदा हवाई उडान हुन सकेको छैन । जस्ले गर्दा पर्यटकहरु अलपत्र परेका छन् भने उद्धार कार्यमा ढिलाई हुन गएको छ । वर्षात भएपछि पर्यटकलाई अहिले ट्राभल एजेन्सीहरुले विभिन्न होटलमा राखिरहेका छन् ।

यता भारतीय राजदूतावासले विज्ञप्ति जारी गरी पाँच सय २५ तीर्थयात्री सिमीकोट र पाँच सय ५० हिल्सामा रोकिएको जानकारी दिएको छ । उनीहरुका लागि खाद्यान्न र बस्ने व्यवस्थाका लागि आफ्ना प्रतिनिधि त्यसतर्फ लागेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै नयाँ दिल्लीबाट प्रकाशन हुने नवभारत टाइक्सको अनलाइनमा प्रकाशित समाचार अनुसार एक हजार पाँच सयभन्दा बढी भारतीय यात्री अलपत्र परेका छन् । तीमध्ये पाँच सय २५ सिमीकोटमा, पाँच सय ५० हिल्सामा र तिब्बततर्फ पाँच सय छन् ।

माउन्टेन हेलिकप्टर प्रालिका महाप्रबन्धक दिल ओलीले केही दिनदेखि परेको वर्षातका कारण हेलिकप्टरले उडान भर्न नसक्दा बिरामीको उद्धार गर्न समस्या भएको बताए । ‘आज मौसम केही खुलेकाले नेपालगञ्जबाट सीता एयरका दुई ओटा जहाज सिमीकोट गएका छन् । महाप्रबन्धक ओलीले भने, ‘आज उनीहरुको उद्धार हुन्छ ।’
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

१९ खर्ब ६४ अर्ब ११ करोडको बजेट प्रस्तुत

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि १९ खर्ब ६४ अर्ब ११ करोड बराबरको बजेट सार्वजनिक गरेका छन् ।

१८ औं गभर्नरमा प्रा.डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८ औं गभर्नरमा प्रा.डा विश्वनाथ पौडेल नियुक्त भएका छन् । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रा.डा विश्वनाथ पौडेललाई नेपाल राष्ट्र बैंकको १८ औं गभर्नर नियुक्त गरेको सरकारका प्रवक्ता

२५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा संवाद २०२५ सम्पन्न

२५ बुँदे घोषणापत्र जारी गर्दै ‘सगरमाथा संवाद २०२५’ सम्पन्न भएको छ । सो कार्यक्रम समापनसँगै नेपालले जलवायु परिवर्तन, हिमाली क्षेत्रको संरक्षण र मानव भविष्यका लागि २५ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो ।

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।