१९ आषाढ÷अर्थ र व्यापार– मानसरोवर यात्रामा गएका दुई भारतीय नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय नागरिक भिभि गान्धि र माउद्रेदाफ नारायनन् लिला रहेका छन् ।
भिभि गान्धिको शव मंगलबार सिमीकोटबाट नेपालगञ्ज ल्याइएको माउन्टेन एयरले बताएको छ । माउद्रेदाफ नारायनन् लिला को शव सिम्रीक एयरको हेलिकोप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगंज ल्याउने सिमीकोटका इन्चार्ज कमल गौतमले जानकारी दिएका छन् ।
चिसो र लेक लाग्ने समस्याले पर्यटकहरु बिरामी परेको र अधिकांस विरामीको फोक्सोमा पानी जम्ने समस्या रहेको सिमीकोट विमानस्थलका निमित्त प्रमुख राजु महतोले बताए ।
खराब मौसमका कारण तीन दिन अगाडिदेखि उडान नभएको सिमीकोट विमानस्थलमा मंगलबार समिट एयरको २ वटा र सीता एयरको चारवटा गरी ६ वटा उडान भएको छ । अझै ५ सयभन्दा बढी यात्रु सिमिकोट बिमानस्थलमा अलपत्र परेका छन् ।
तपाईको प्रतिक्रिया