logo

मंसिरदेखी मात्रै विदेशी पर्यटक आगमन खुला गर्ने, क्वारेन्टिनमा बस्नु नपर्ने

    3204   पटक पढिएको


२६ असोज/अर्थ र व्यापार– कात्तिक १ गतेदेखीनै पर्यटकलाई नेपाल आवागमन खुला गर्ने तयारी गरेको सरकारले नयाँ मापदण्ड लागू गर्दै मंसिरबाट मात्रै आगमन खुला गर्ने तयारी गरेको छ ।

प्रधानमन्त्रीसंग विभिन्न मन्त्रालयका मन्त्रीहरुको बैठकपछि पर्यटन मन्त्रालयले विदेशी पर्यटकलाई नेपाल आएपछि अनिवार्य सात दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्ड परिवर्तन गर्दै मंसिरबाट खोल्ने तयारी गरेको हो ।

यसअघि सरकारले पर्यटकलाई ७ दिन क्वारेन्टिनमा बस्नुपर्ने मापदण्डप्रति व्यवसायीहरुले असन्तुष्टी जनाएपछि मापदण्ड परिवर्तन गरेर मंसिरदेखि खोल्ने तयारी भएको पर्यटन मन्त्रालयका एक अधिकारीले बताए।

अब नयाँ मापदण्ड अनुसार ७२ घण्टा अगाडीको  पीसीआर रिपोर्ट नेगेटिभ भए पर्यटकले क्वारेन्टिनमा बस्नुनपर्ने छैन तर सामाजिक दुरी कायम गर्ने लगाएतका अन्य सुरक्षा मापदण्डहरु भने पालना गर्नुपर्ने हुन्छ । 

पिसीआर परीक्षण रिपोर्टको आधारमा विदेशी पर्यटकलाई नेपाल आउन दिने र क्वारेन्टिनमा पनि बस्नु नपर्ने प्रावधान ल्याउन लागिएको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का अध्यक्ष अच्युत गुरागाइँले जानकारी दिए ।

सरकारले पर्यटकहरुको कोभिड विमा पनि मिनाह गर्ने भएको छ । तर विरामी भएको खण्डमा पर्यटकहरु आफैंले व्यहोर्नुपर्ने छ । 

यस्तै विदेसी पर्यटकहरुलाई नेपाल आउन सहज वनाउनको लागि अनअराईभल भिसा दिने बताईएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।