२४ मंसिर/अर्थ र व्यापार– कोरोनाभाइरस महामारी नियन्त्रणमा लागि गत चैतमा लगाईएको लकडाउनयता बन्द रहेको मनकामना मन्दिर र केवलकार आईतबारदेखि पुनः खुला हुने भएको छ ।
कोरोना महामारीसंगै मन्दिरमा भक्तजनहरुलाई पूजाआजा गर्न रोक लगाइएको थियो । तर दैनिक पूजा भने पूजारीले गर्दै आएका थिए ।
मनकामना क्षेत्र विकास समितिको आयोजनामा सहिद लखन गाउँपालिका, उद्योग वाणिज्य संघ, मनकामना मन्दिर जीर्णोद्वार समिति, पूजारी, मनकामना केवलकार, राजनीतिक दलका प्रतिनिधिहरुले बैठक गरेर मन्दिर र केवलकार खुलाउने निर्णय गरेको हो ।
प्रसिद्ध मनकामना मन्दिर र केवलकार स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गर्ने गरी भक्तजनका लागि पूजाआजाका लागिसमेत खुला गर्न लागिएको हो ।
तपाईको प्रतिक्रिया