logo

यती बाइक रेसका विजेतालाई पुरस्कार प्रदान

    1864   पटक पढिएको

६ आश्विन / अर्थ र व्यापार- मकालु एडभेचर प्रा.लि.ले नेपालमा आयोजना गरेको यती बाईक रेसको दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगितामा यसपटक ७ जना विदेशी प्रतियोगीहरुले सहभागिता जनाएका थिए । प्रतियोगीताका विजेताहरुलाई आइतबार ठमेल इको रिसोर्टमा आयोजना गरिएको कार्यक्रममा पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेडलसहितको पुरस्कार प्रदान गरे ।

मनाङ–थोरोङ्ला पास–कागबेनी–जोमसोम हुँदै मार्फासम्मको दूरीमा सञ्चालित उक्त प्रतियोगितामा कार्लोस जिमेनेज लोजानोले प्रथम स्थान हासिल गरे । पुरस्कार प्रदान गर्दै पर्यटन विभागका महानिर्देशक घिमिरेले यती बाइक रेस नेपालको पर्यटन क्षेत्रमा नयाँ प्रडक्ट भएकोले यसको माध्यमबाट पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रतियोगीहरुलाई नेपाल भ्रमण वर्ष २०२० को बारेमा जानकारी दिदै उनले सो अवसरमा यसखालका कार्यक्रमलाई सरकारले पश्रसय दिने पनि वताए ।

कार्यक्रममा मकालु एडभेन्चरका प्रबन्ध निर्देशक मोहन लम्सालले केही न केही नयाँ पर्यटकीय गतिविधि गर्ने क्रममा यो प्रतियोगिता आयोजना गरिएको बताउँदै यसलाई आगामी दिनमा थप विस्तार गर्दै मुलुकको पर्यटन प्रवद्र्धनको माध्यमको रुपमा स्थापित गर्ने सोचका साथ अघि बढिरहेको बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।