logo

८ महिनापछि खुल्यो लुम्बिनी

    2157   पटक पढिएको


४ मंसिर/अर्थ र व्यापार– विश्वव्यापी कोरोना महामारीका कारण बन्द रहेको भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी आठ महिनापछि खुलेको छ । 

सरकारले गत शुक्रबार पर्यटकीय स्थलहरु खुला गर्ने निर्णय गरेसँगै अन्तर्राष्ट्रिय पर्यटकीयस्थल लुम्बिनी पनि खुलेको हो ।

पर्यटकीय स्थल लुम्बिनी खुले संगै अब पर्यटकहरु स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर बुद्ध जन्मस्थल लुम्बिनीस्थित मायादेवी मन्दिर परिसर, अशोक स्तम्भ, पुष्करिणी पोखरी, बगैँचा र विभिन्न देशका बिहारहरु घुम्न पाउनेछन् ।

लुम्बिनी खुला गरिएसँगै बुधबार साँझ लुम्बिनी होटेल संघको आयोजनामा होटेल व्यवसायीहरुले मायादेवी मन्दिर परिसरमा विश्व शान्तिको कामना गर्दै दीप प्रज्ज्वलन गरेका छन् ।

लुम्बिनी होटेल संघका महासचिव लिलामणि शर्मा पौडेलले अब हरेक दिन ५ बजेदेखि ७ बजेसम्म दीप प्रज्ज्वलनलाई निरन्तरता दिने बताए । 

लुम्बिनी विकास कोषका वरिष्ठ अधिकृत एवं प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राईले मायादेवी मन्दिर परिसरमा प्रवेश गर्नुअघि हरेक पर्यटकको तापक्रम मापन गरिने र अनिवार्य रुपमा मास्क लगाएको हुनुपर्ने बताए।

राईले लकडाउनको अवधिलाई सदुपयोग गर्दै लुम्बिनीलाई थप सौन्दर्यीकरण गरेको जानकारी दिए । 
उनले अहिले मायादेवी मन्दिर परिसर, पवित्र उद्यान क्षेत्रका सबै ठाउँ र मन्दिर तथा बिहारहरु खुला गरिएको छ, अब छिट्टै मायादेवी मन्दिरभित्र पनि जान मिल्ने गरी खुला हुने बताए । 

लुम्बिनी विकास कोषका सूचना शाखाका अधिकृत हरि राईले असोजदेखि मंसिरसम्मको तीन महिनाको अवधिमा लुम्बिनीमा सबैभन्दा बढी आन्तरिक पर्यटक आउने गरेको बताए ।  

केही समयअघि लुम्बिनीका होटेल व्यवसायीसहित ११ वटा संघसंस्थाले मायादेवी मन्दिर खुल्ला गर्न माग गर्दै ज्ञापनपत्रमार्फत लुम्बिनी विकास कोषलाई आग्रह गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

बजेटवाट उत्साही भएन निजी क्षेत्र,कार्यान्वयनमा विज्ञहरुको जोड

राष्ट्रिय योजना आयोगका सदस्य प्रा.डा.सञ्जय आचार्यले नेपालमा बजेट कार्यान्वयनको विगत ७५ वर्षको ईतिहास हेर्दा अपेक्षाकृत सुधार हुन नसकेको वताएका छन् । साउथवेस्र्टन स्टेट कलेजद्वारा आयोजित “नेपाल सरकारबाट प्रस्तुत

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।