२९ आषाढ/अर्थ र व्यापार– घुमफिरसम्बन्धी वेबसाइट लोन्ली प्लानेटले सन् २०१८ मा एसियामा घुम्नैपर्ने १० स्थानको सूची सार्वजनिक गरेको छ । यस सूचीमा बुद्धको जन्मस्थल लुम्बिनी सातौं स्थानमा रहेको छ ।
पहिलो नम्बरमा कोरियाको बुसान, दोस्रोमा उज्वेकिस्तान, तेस्रोमा भियातनामको होचि मिन शहर, चौथोमा भारतको वेस्टर्न घाट, पाँचौमा जापानको नागासिकी, छैटौंमा थाइल्यान्डको चियाङमाई शहर रहेको छ ।
त्यसैगरी आठौंमा श्रीलंकको अरुगम बे, नवौंमा चीनको सिचुवान र दशौंमा इन्डोनेसियाको कोमोदो राष्ट्रिय निकुञ्ज रहेको छ ।
तपाईको प्रतिक्रिया