१ पुस/अर्थ र व्यापार– पर्यटन व्यवसायी तथा नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि लिला बल्लब दाहाल (काका)ले नेपाली काङ्ग्रेस ओखलढुंगाको पार्टी कार्यलय भवन निर्माणका लागि नगद सहयोग गरेका छन् ।
नेता दाहालले नेपाली काङ्ग्रेस ओखलढुंगाको पार्टी कार्यलय बि.पि.स्मृति भवन निर्माणका लागि रु १ लाख ३१ हजार १ सय ११ रुपैयाँ सहयोग गरेको हो ।
दाहाललाई नेपाली काङ्ग्रेस ओखलढुंगा जिल्ला कार्य समिती एबम बि.पि.स्मृति भवन निर्माण समितिले सहयोगका लागि आभार व्यक्त गरेका छन् ।
ओखलढुंगा पर्यटनको समेत अध्यक्ष रहेका दाहाल पर्यटन व्यवसायका अलवा समाजसेवा र राजनीतिमा पनि सक्रिय छन् ।
तपाईको प्रतिक्रिया