logo

टिम्सको पैसा मनोमानी ढंगले खर्च गर्न नदिएपछि म माथि षड्यन्त्र भयो

लिला बल्दव दाहाल, कोषाध्यक्ष, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

    3428   पटक पढिएको

लिला बल्दव दाहाल
कोषाध्यक्ष
ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान)

पछिल्लो समय ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) मा अध्यक्ष र कोषाध्यक्ष विचको विवाद र टानको विधान संसोधनको विषयमा सतहमा आएको छ । वास्तवमा भएको के हो त भन्ने विषयमा अर्थ र व्यापारले टानका कोषाध्यक्ष लिला वल्दव दाहाल संग निम्न प्रश्नहरु गरेको थियो ।

० पछिल्लो समय ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) मा कोषाध्यक्षको अधिकार कटौती सम्बन्धमा कोषाध्यक्ष र अध्यक्ष विचको विवाद बाहिर आएको छ । खासमा भएको यथार्थ के हो ?

खासमा विगत तीन महिना देखि मैले टानको माईन्युट मागेको थिएँ । विभिन्न खर्चका विलहरु आउँदा मैले माईन्युट हेरेर मात्र त्यो खर्चको चेकमा हस्ताक्षर गर्नुपर्छ भनेको थिएँ । त्यसपछि मैले संस्थाको महासचिव संग माईन्युट माग्दा उहाँले अध्यक्षले झोलामा बोकेर हिँड्नुभएको छ भन्ने जवाफ दिनुभयो । यसविचमा नजिकको हिसावले उहाँहरुले सनराईज बैंकमा खाता खोल्ने भन्नुभयो,मैले पनि त्यसमा हस्ताक्षर गरेको थिएँ । तर उहाँहरुले पुरानो विधान र कार्यसमिति निर्णयको आधारमा सह–कोषाध्यक्ष वा कार्यसमितिको हस्ताक्षरका आधारमा पैसा झिक्न मिल्े गरि खाता खोल्नुभएछ । त्यसपछि मैले यो विधि र विधानभन्दा बाहिर गयो भनेर सनराईज बैंकमा खाता रोक्का गर्न निवेदन दिएको छु ।

उहाँहरुको ईच्छा के रहेछ भने नेपाल पर्यटन वोर्डवाट टिम्सको पैसा आउन आउन लागेको थियो,त्यो पैसा मनोमानी ढंगले खर्च गर्ने उहाँहरुको ईच्छा रहेछ । त्यो पैसा मनोमानि ढंगले खर्च गर्न नदिएपछि म माथि षड्यन्त्र भएको हो । पर्यटन वोर्डवाट ४ करोड रुपैयाँ टिम्स वाट लिने र त्यो पैसा नयाँ खातामा राख्ने र त्यो खातामा सह–कोषाध्यक्ष वा कार्यसमिति सदस्यको  हस्ताक्षरले पनि पैसा झिक्न मिल्ने गराएर टिम्सको पैसा माथि अपचलन गर्ने उहाँहरुको उद्देश्य रहेछ । 

० कोषाध्यक्षको विकल्पमा सह–कोषाध्यक्ष वा कार्यसमिति सदस्यको हस्ताक्षरले पनि रकम झिक्न मिल्ने विषयमा जिल्ला प्रशासन कार्यालयवाट विधान संसोधन भएको भन्ने कुरा के हो ?

टानका अध्यक्षले साधारणसभामा पास नै नभएको, पेश नै नभएको विषयमा किर्ते कागज वनाएर झोलामा बोकेर हिँड्नु भएको छ भन्ने साथिहरुवाट सुन्नमा आएको छ । उहाँले किर्ते कागत बनाएर जिल्ला प्रशासन कार्यालयमा पेश गर्नुभएको छ भन्ने थाहा पाएपछि मैले पनि मुद्दा  हाल्नका लागी कागजपत्रहरु तयार गर्दैछु । यो विषय सार्वजनिक भएपछि आम पदयात्रा व्यवसायिहरु र सदस्यहरु वाट पनि प्रश्न उठ्न थालेपछि उहाँले ती किर्ते कागजातहरु झोलामै बोकेर हिँड्नुभएको छ भन्ने सुनेको छु ।

० अध्यक्ष र कोषाध्यक्ष विचमा विवाद आउनुको पृष्ठभुमि र कारण के हो ?

उहाँहरुले वारम्वार टिम्समा बाँकी रहेको पैसा टानको खातामा सार्न दवाव दिईरहनुभएको थियो । मैले त्यो चेकमा हस्ताक्षर गर्न मानिन । विधिवत रुपमा टिम्सको रकम टानमा ल्याएर खर्च गर्न मिल्दैन,त्यो रकम त मजदुरहरुको हितमा,उद्धारमा खर्च गर्ने हो भन्ने विषयमा मैले अडान राखिरहें । उहाँहरुको चाहना टिम्सको पैसा ल्याएर ल्होसारको विल तिर्ने, टिम्सको पैसा ल्याएर उहाँहरुको चिया चमेनाका र रक्सिका विल तिर्ने रहेको पाईयो । अध्यक्ष चीन गएको विल पास नगरेको र टिम्सको पैसा टानमा सार्न नमानेका कारण म माथि यो षड्यन्त्र भएको हो ।

० उहाँहरुको त फेरी कार्यसमिति आएको सुरुदेखि कोषाध्यक्षले असहयोग गरेको भन्ने आरोप हुन सक्छ नी ?

वास्तवमा भन्ने हो भने टानमा अध्यक्षले भन्दा मैले धेरै समय दिएको छु । दिन दिनै नगएपनि म हप्तामा तिन दिन टान गएकै हुन्छु । हाम्रो नयाँ कार्यसमिति आउँदा टानको खातामा चार करोड रुपैयाँ थियो,आजका दिनमा टान उल्टो ५५ लाख रुपैयाँ घाटामा छ । मैले असहयोग गरेको भए,हस्ताक्षर नगरेको भए त टानको कोषमा प्रशस्तै पैसा जम्मा हुनुपर्ने होईन र ? किन आज टान टाट पल्टिन्थ्यो र ?

० किन आज ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) टाट पल्टियो त ?

यसको पछाडी टानको आम्दानीको ७० प्रतिशत रकम कर्मचारीको तलवमा मात्र खर्च हुनु हो । हिजो टानमा ५० हजार रुपैयाँ तलव खाने सिईयो थियो, विभिन्न प्रोजेक्टहरु ल्याउँछ भन्दै एकजना एमालेको कार्यकर्तालाई उहाँहरुले टानको प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्नुभयो मासिक ७० हजार मासिक तलवमा । तर त्यसको पनि कुनै प्रभावकारीता देखिएन । उहाँहरुले यति अनियन्त्रित कामहरु गर्नुभयो कि बुद्धचित्त फार्म ट्रिप भनेर आफ्नो गाउँमा गएर एक रात वसेर खाईपिई गर्नुभयो र ४ लाख भन्दा वढिको विल लिएर आउनुभयो । उहाँहरुले रक्सिको विल लिएर आउनुभयो र मैले रक्सिको विल नल्याउनुस भनेपछि विल मिलाएर ल्याउनुभयो र तीन महिना पछि त्यो विलमा मैले हस्ताक्षर गरेको हुँ । टानलाई टाट उल्टाउने यस्ता अरु पनि कार्यक्रमहरु ल्याउनुभएको थियो,मैले रोकेको हुँ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।